सुशीला लेखीको नेतृत्वमा इटहरीमा गठन भयो महिला सभा

थारु महिला सभाको इटहरी उपमहानगरपालिका कमिटीमा सुशीला लेखीको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ। सभाको सुनसरी अध्यक्ष सुशीला चौधरीको अध्यक्षतामा भएको पहिलो अधिवेशनले लेखी नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति बनेको हो।

सभाको उपाध्यक्षमा सुनिता चौधरी, सचिवमा पार्वती चौधरी, सहसचिवमा लक्ष्मी चौधरी छन्। त्यस्तै सदस्यमा सुना चौधरी, अनिता चौधरी र ममता चौधरी  छन्।

सभाका केन्द्रीय सदस्य उर्मिला चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाका सहभागीहरुले थारु महिलाको हक अधिकारविरुद्ध लड्न थारु महिलाहरुलाई आह्वान गरेको थियो।

महिला शक्तिले पनि समाज र देश परिवर्त गर्नसक्ने भन्दै आ-आफ्नो क्षेत्रबाट सभामा आबद्ध भएको थारु महिलाहरुको आवाज बुलन्द बनाउनुपर्ने सुनसरी अध्यक्ष सुशीला चौधरीले बताएकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *