3

सुनसरीको दुहबीमा दुर्घटना हुँदा कुन्तोष चौधरीको मृत्यु

सुनसरीको दुहवी नगरपालिका–४ डाँडाचोकमा डब्लु बी १५ ए ७९९५ नम्बरको ट्रकले विपरीत दिशावाट अगाडि आउँदै गरेको को २० प ६०५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही मोटरसाइकलमा यात्रारत दुहवी–४ का २५ वर्षीय कुन्तोष चौधरीको मृत्यु भएको छ ।

थारूवान

कारी महतो/चितवन। थारु समुदायले हर्ष र उल्लासका साथ मनाउने अर्को महत्वपूर्ण चाड सोहराई हो । तिहार, दिपावली, दिवाली वा यमपञ्चकलाई थारु समुदायले “सोहराई” भन्दछन् । दशैंपछिको सोह्रौं दिनमा पर्ने भएकोले यो चाडलाई सोहराई भनिएको हो भन्ने बुढापाकाहरुको भनाई छ । पूर्वका थारु समुदायले यो पर्वलाई “सुक्राइत” वा “सुक्राति” भन्दछन्...

थारूवान

हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित बारा जिल्लाका थारु प्रतिनिधिहरुलाई थारु पत्रकार संघ नेपाल बारा शाखाले सम्मानित गरेको छ । संघको जिल्ला कार्यसमिति बाराको आयोजनामा कलैयास्थित रहेको थारू कल्याणकारीणी सभाको सभाकक्षमा आयोजित कार्यक्रममा २७ जना जनप्रतिनिधिलाई सम्मानित गरेको हो ।

थारूवान

सीताराम चौधरी/चन्द्रौटा(कपिलवस्तु)। थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीले थारु भाषा तथा संस्कृति संरक्षणमा थारु पत्रकारहरुले ठोस कदम चाल्नुपर्ने बताएका छन्। पछिल्लो समय थारुहरुको पहिचान हराउँदै गएको औल्याउँदै उनले थारुहरुको जातीय तथा ऐतिहासिक पहिचान जोगाउन थारु पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिए।

थारूवान

थारु पत्रकार संघ चितवनको तेस्रो जिल्ला सभा शनिवार नारायणगढमा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष कारी महतोको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा बोल्दै थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्ण सर्वहारीले थारु पत्रकारहरुको अवस्था र संघले खेलेको विषयमा प्रकाश पारेका थिए ।

थारूवान

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा २ बाट चुनाव लड्ने घोषणा गरेका छन्। साथै नयाँ शक्ति पार्टी नेपाल आँखा चुनाव चिन्ह लिएर निर्वाचनमा जाने भएको छ।

थारूवान

थारु पत्रकार संघ चितवनले प्रशिक्षणमूलक जिल्ला भेलाको तयारी पूरा भएको छ। असोज २८ गते नारायणगढको कमलनगरस्थित होटल ह्याप्पी हाेममा आयोजना हुने भेलामा थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्ण सर्वहारीकाे प्रमुख अातिथ्यमा सम्पन्न हुनेछ। यही कात्तिक १८ गते सुनसरीमा आयोजना हुन लागेको थारु पत्रकार संघको केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधिहरु छनौटसँगै...

थारूवान

यहाँ सिकलसेल एनिमिया रोगका कारण तीन जनाको ज्यान गएको छ । नियमित उपचार गराइरहेका तीन जनाको ज्यान गएको जिल्लाका स्वास्थ्य संस्थाले जानकारी दिएका छन् । जिल्लामा ९८ जनाले नियमित उपचार गराइरहेका छन् ।

थारूवान

तेस्रो थारु साहित्य मेला माघको पहिलो हप्ता बर्दियाको बढैयातालमा हुने पहिलो ब्यबस्थापकीय बैठकबाट पारित गरिएको छ। मेला माघ महिनाको ४, ५ र ५ गते हुने जंग्रार साहित्यिक बखेरी, नेपालका केन्द्रीय अध्यक्ष सोम डेमनडौराले जानकारी गराएका छन्।

थारूवान

आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ । एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट सर्वसम्मतरुपमा अध्यक्ष ओलीको नाम सिफारिस भएको क्षेत्रीय अध्यक्ष रामदयाल यादवले जानकारी दिए ।

थारूवान
1 50 51 52 53 54 119