समाज

सप्तरीका तेह्र राजनीतिक दलद्वारा आन्दोलनको घोषणा

राजविराज- गोप्य सहमतिमा आन्दोलन स्थगन गरेको आरोप खेपिरहेका जिल्लाका साना १३ राजनीतिक दलले पुनः आन्दोलनको घोषणा गरेका छन्। तेह्र राजनीतिक दलले एक विज्ञप्ति प्रकाशित गरी आज बिहान ११ देखि दिउँसो १ बजेसम्म जिल्ला विकास समितिको मूल ढोकामा धर्ना र बेलुका सहिद दशन चोकमा कोणसभा कार्यक्रम घोषणा गरेका हुन्।

थारूवान

काठमाडौं- राष्ट्रिय योजना आयोगले किशोर किशोरीसम्बन्धी राष्ट्रिय कार्ययोजना बनाउने भएको छ। संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको सहकार्यमा आयोगले किशोर किशोरीको समग्र आर्थिक, सामाजिक विकास गर्न कार्ययोजना बनाउन लागेको हो।

थारूवान

कैलाली- भारतका विभिन्न सहरमा काम गरी घर फर्कने नेपाली सीमा क्षेत्रमा मोटो शुल्क तिर्न बाध्य हुँदै आएका छन्। भारतीय सीमा सुरक्षा बलका प्रहरीहरुले रकम असुल्ने बहानामा दुःख दिन थालेपछि उनीहरु शुल्क तिर्न बाध्य भएका हुन्।

थारूवान

विराटनगर- विराटनगर–४ गोग्राहकी २१ वर्षीया उर्मिला राजवंशीको बलात्कार गरी हत्या गरिएको विरोधमा आज मृतकको शवसहित विराटनगरमा विरोध प्रदर्शन गरिएको छ। स्थानीय कोसी अञ्चल अस्पतालबाट निस्केको जुलुसले हत्यारालाई कारबाही, मृतकलाई न्याय गर, किरण बस्नेतलाई कारबाही गर भन्दै नारासहितको जुलुसले नगरको मुख्यमुख्य भागको परिक्रमा गर्‍यो।

थारूवान

काठमाडौं- तराईमा बस्ने महिला समुदायले मनाउने जितिया पर्व आज सम्पन्न भएको छ। तिथिका समयमा थपघटका कारण यसपटक आइतबार बेलुकी ८ बजेदेखि अष्टमी तिथिको प्रवेश गरेकाले यो पर्व कठोर बनेको थियो।

थारूवान

काठमाडौं- आफ्ना सन्तानको दीर्घायु एवं मङ्गलमय कामनाका लागि थारु र मैथिल समुदायका विवाहित महिलाले आजदेखि धार्मिक विधिअनुरुप हर्षोल्लासका साथ जितिया पर्व मनाउँदैछन्।

थारूवान

काठमाडौं- मानव अधिकारकर्मीहरूले मुलुकमा दण्डहीनताको अन्त्य र कानुनी राज्यको प्रत्याभूतिको माग गर्दै आज बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि सडकमा धर्ना दिए।

थारूवान

नेपालगन्ज- बाँकेको सोनपुर–८ गुनानामा आज बस पल्टिँदा एकजनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन्। बर्दियाको गुलरियाबाट नेपालगन्जतर्फ आइरहेको भे१ख १३०८ नम्बरको बस सडकमा पल्टिँदा बाँके बनकटुवाका २५ वर्षीय धीरेन्द्र हमालको मृत्यु भएको हो।

थारूवान

सप्तरी- जिल्ला विकास समितिका कर्मचारीहरूले लिएको पेस्की रकम ब्याजसहित फर्छ्योट गराउनुपर्नेलगायतका मागसहित जिविसमा तालाबन्दी गर्न पुगेका जिल्लास्थित विभिन्न ११ वटा राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। 

थारूवान
1 96 97 98