समाज

मृत भेटिएकी राजवंशीबारे सीआइबीले अनुसन्धान थाल्यो

विराटनगर- विराटनगरमा रहस्मय हत्या भएकी उर्मिला राजवंशीको घटनाको सत्यतथ्य छानबिन आजदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुरु गरको छ। प्रहरी नायब उपरीक्षक दिनेश आचार्यको नेतृत्वमा काठमाडौँ आएको दुई सदस्यीय टोलीले छानबिन थालेको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

थारूवान

काठमाडौं- राजनीतिक सङ्क्रमण गहिरिँदै गएपनि आर्थिक वर्ष २०६८/०६९ सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति सन्तोषजनक देखिएको छ। राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका विभिन्न १७ वटा आयोजनाको प्रगति सन्तोषजनकरुपमा अगाडि बढिरहेको जनाएको छ।

थारूवान

जनकपुरधाम- मिथिलाञ्चलमा पारिवारिक सुरक्षाको लोक अनुष्ठान झिझिया नृत्य आजदेखि सुरु भयो। महिलाहरूद्वारा नै सञ्चालन र संयोजन हुने यो नृत्य घटस्थापनाका दिनदेखि दशमीसम्म प्रदर्शन गरिन्छ। लोक विश्वास र व्यवहारबाट उत्प्रेरित भएर गाउँका ठूलाबडा र धामी–झाँक्रीहरूको विचार र मन्थनबाट बोक्सीको जादु–टुनाको प्रतिकार स्वरूप यो नृत्य विकसित गरिएको बताइन्छ।

थारूवान

काठमाडौं- नेपालीहरूको महान् चाड बडादसैं आजदेखि १५ दिनसम्म अर्थात् आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म परम्परानुसार दूर्गा भवानीको पूजा–आराधना गरी हर्षोल्लासका साथ मनाइँदैछ। बडादसैंको पहिलो दिन आज बिहान आ–आफ्ना घरको पूजाकोठा तथा दसैंघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिँदैछ।

थारूवान

काठमाडौं- सर्वोच्च अदालतले राजु बस्नेतलाई सहायक रथी पदमा गरिएको बढुवा तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश गर्दै अन्तरिम आदेश जारी गर्ने या नगर्नेबारे दुवैपक्षलाई आगामी कात्तिक १९ गते छलफलमा बोलाउने भएको छ।

थारूवान

काठमाडौं- भारतको बंगलौरमा कानुन अध्ययन गरिरहेकी एक नेपाली युवती सामूहिक बलात्कारको शिकार भएको भारतीय समाचार एजेन्सी डिएनएले आज जनाएको छ। २२ वर्षकी युवतीलाई आठ जनाको समूहले शनिबार यौन दुर्व्यवहार गरेको सो समाचार एजेन्सीले बताएको छ।

थारूवान

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले नेपालीहरुको महान चाड बडादसैँको अवधिभर विद्युत कटौतीको समय घटाउने निर्णय गरेको छ। बडादसैँलाई ध्यानमा राखेर आगामी कात्तिक ५ देखि १३ गतेसम्म लोडसेडिङको समय घटाउने निर्णय गरेको प्राधिकरणका कार्यकारी निर्देशक अष्टरत्न शाक्यले जानकारी दिए।

थारूवान

धनगढी- दलित र गैर दलितबीचको अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने सरकारले नीति बनाएपछि कैलालीमा अन्तरजातीय विवाह गर्नेहरू बढेका छन्। जिल्ला प्रशासन कार्यालयले पछिल्लो दुई वर्षयता जिल्लामा अन्तरजातीय विवाह गर्ने १८२ जोडी पुगेको जनाएको छ।

थारूवान

सप्तरी जिल्ला कुशाहा गाविस–२ निवासी म ३२ वर्षीय सरोजप्रसाद चौधरी गत वैशाखमा बिरामी भई वीर अस्पतालमा जचाएँ। वीर अस्पतालले रक्तअल्पता भएको हो। यसको उपचार भनेको हड्डीभित्रको मासी ‘बोन म्यारो’ फेर्नुपर्ने र यसको लागि भारत जानुपर्ने सल्लाह दियो।

थारूवान

काठमाडौं- वरिष्ठ राजनीतिज्ञ तथा ‘जिउँदा सहिद’ रामहरि शर्माको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरियो। ललितपुरको किटिनीमा विसं १९७३ कात्तिक पूर्णिमाका दिन जन्मनुभएका शर्माको आज बिहान ९ बजे ९६ वर्षको उमेरमा त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

थारूवान