राजनीति

राजधानीमा माघीको रौनक (फोटो फिचर)

थारु समुदायले लोकप्रिय पर्व माघीमेलाको अवसरमा बिहीबार काठमाडौंको टुँडिखेलमा महोत्सव गरिएको छ । काठमाडौं उपत्यकामा रहेका थारु समुदाय परम्परागत भेषभूषामा महोत्सव मनाउन टुँडिखेल आएका छन् । थारु युवायुवतीले परम्परागत भेषभूषामा सजिएर थारु संस्कृति झल्किने नृत्य समेत देखाएका थिए । टुँडिखेलमा भएको महोत्सवमा थारु जातीमा प्रचलित खानेकुराको स्टल पनि छ...

थारूवान

थारु कल्याणकारिणी सभाका निवर्तमान अध्यक्ष चन्द्रकुमार चौधरीले थाकसका अध्यक्षविरुद्ध मुद्दा हाल्ने भएका छन्। उनले आफ्नो चरित्रहत्या गरेको भन्दै थाकस अध्यक्ष धनिराम चौधरी र केन्द्रीय सदस्य राजकुमार लेखीविरुद्ध मुद्दा हाल्ने बताए।

थारूवान

दिलबहादुर चौधरी- माघ पर्वलाई नेपालका धेरैजसो हिन्दू धर्मावलम्बीहरु मान्ने गर्दछन्। यसरी माघ सबैले मानेतापनि थारुहरुका लागि भने यो अहं महत्वको चाड मानिन्छ। माघ थारु समुदायको सब भन्दा ठूलो त्यैहार मात्र हैन, यो थारुहरुको नयाँ साल पनि हो, आर्थिक वर्ष पनि हो। महत्वपूर्ण नीति निर्माण गर्ने, नेतृत्व परिबर्तन गर्ने, आशिर्वाद...

थारूवान

  कमला चौधरी, बुटवल- थारु कल्याणकारिणी सभा पर्रोहा गाउँ कमिटीको आयोजनामा दुई दिने थारु नव वर्ष खिचडी माघी महोत्सव रुपन्देहीको मुर्गियामा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै थारु कल्याणकारिणी सभाका सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरीले थारु समुदायले माघी पर्वलाई एक स्वतन्त्र प्राप्त गर्ने दिन भएकाले यस पर्वलाई नयाँ वर्षका रुपमा उल्लासको...

थारूवान

सरकारले आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमाललाई संविधान सभा सदस्यमा मनोनयन गरेको छ। पुस २४ गते बसेको मन्परिषद् बैठकले कुमाललाई संविधान सभा सदस्यमा मनोनयन गरेको हो। सभामुख सुवास नमेवाङले कुमालालई आज शपथ ग्रहण गराउने भएका छन्। संसदीय सचिवालयमा कुमालले शपथ ग्रहण लिनेछन्।

थारूवान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद पद्मनारायण चौधरीले तराई मधेसको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जायज कुरा बोलेको भन्दै माफी माग्नुनपर्ने जिकिर गरेका छन् । सिराहा क्षेत्र नम्बर १ का सभासद चौधरीले ओलीले माफी माग्नुपर्ने मधेसी मोर्चाको अडानलाई अनुचित र अनावश्यक भने ।

थारूवान

काठमाडौं- थारु कल्याणकारिणी सभा (थाकस)का निवर्तमान अध्यक्ष चन्द्रकुमार चौधरीलाई संस्थाको कुनै पदमा नरहनेगरी मुक्त गरिएको छ। बुधबार बसेको सभाको केन्द्रीय सचिवालय बैठकले चौधरीलाई संस्थाबाट मुक्त गर्ने निर्णय गरेको हो। थाकसको इतिहासमा पहिलोपटक यस्तो निर्णय गरिएको हो।

थारूवान

कांग्रेस एमालेको सात प्रदेश र ३० दलको १० प्रदेशका विरुद्ध थारु कल्याणकारिणी सभाले तराईमा बहुप्रदेशको अडान दोहोराएको छ । ‘पहाडमाभन्दा तराईमा एउटा भए पनि धेरै प्रदेश बन्नुपर्छ, पहाडमा भन्दा थोरै प्रदेश मान्दैनौं,’ थारु कल्याणकारिणी सभाको पत्रकार सम्मेलनमा आदिवासी जनजाति महासंघका सल्लाहकार राजकुमार लेखीले भने ।

थारूवान

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले नयाँ संविधानमा रहेका विवादित विषय बारे साझा धारणा तय गरेको गरेको छ । मोर्चाको आज बसेको बैठकमा मोर्चाको समन्वय समितिले तय गरेको धारणा प्रस्तुत गरिएको थियो । बैठक स्रोतका अनुसार मोर्चाले दस प्रदेशको खाकामा सहमति गरेको छ ।

थारूवान

कारी महतो– राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाद्वारा तेक्वान्दो खेलाडी तथा अन्तर्राष्ट्रिय प्रशिक्षक रामशरण चौधरी सम्मानित भएका छन्। न्यू स्टार तेक्वान्दो डोजाङ्गद्वारा खैरहनी-१, स्थित कंकाली माविको प्रङ्गणमा भएको ४४औं जिल्ला स्तरीय प्रतियोगिताको उद्‍घाटन सत्रमा रामशरण चौधरी सम्मानित भएका हुन्। 

थारूवान