पटेर्वा सुगौलीमा दिनेशकुमार चौधरी र ममता महतो निर्वाचित

पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितेको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दिनेशकुमार चौधरी ५ हजार १४४ मतका साथ विजयी भएका छन्। उनी निकटतम प्रतिद्वन्द्वीसित १२ सय मत अन्तरले विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्षसमेत रहेका नेकपा एमालेका हरिनारायण चौधरीले ३ हजार ९४४ मत प्राप्त गरे।

गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसले बाजी मारेको छ। उपाध्यक्षमा ममता महतो दोहोरिएकी हुन्। महतोले ४ हजार ४४४ मत ल्याई विजयी भइन्। उनी निकटतम प्रतिद्वन्द्वीसित ४३१ मत अन्तरले विजयी भइन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मन्तुरा देवीले ४ हजार १० मत प्राप्त गरिन्। ०७४ सालको स्थानीय तह निर्वाचनमा पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी भएको थियो।

पाँच वटा वडा रहेको गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ५ मा कांग्रेसले जित हासिल गरेको छ भने वडा नम्बर १ मा नेकपा एमालेले जितेको छ।
वडा नम्बर १ को अध्यक्षमा एमालेका फरमान मियाँ अन्सारी ५२३ मत ल्याएर निर्बाचित भएका छन्।

वडा नम्बर २ मा कांग्रेसका विजय गैरे ८१३ मत ल्याएर वडाध्यक्षमा जितेका छन्। उनी पनि दोहोरिएका हुन्। ०७४ सालको चुनावमा पनि उनी कांग्रेसबाटै वडाध्यक्षमा विजयी भएका थिए।

वडा नम्बर ३ मा कांग्रेसका माधवप्रसाद थारू ८५७ मतका साथ वडाध्यक्षमा विजयी भएका हुन्। वडा नम्बर ४ को वडाध्यक्षमा कांग्रेसकै बासु पञ्जियार १ हजार २०३ मत ल्याई वडाध्यक्षमा जित हासिल गरेका छन्। वडा नम्बर ५ को वडाध्यक्षमा कांग्रेसकै बिपिन मुखिया १ हजार ३२१ मतका साथ वडाध्यक्षमा निर्वाचित भएका हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *