रेशम चौधरीको किताब ‘धरातल’ प्रधानमन्त्रीद्वारा विमोचन, सरकारका काम कारबाहीबारे दुईबीच समीक्षा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। बुधबार विहान उनीहरूबीच भेटवार्ता भएको हो। पछिल्लो राजनीतिक अवस्थाबारे उनीहरूबीच छलफल भएको हो।

संरक्षक चौधरीका अनुसार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र संघीय सरकारमा आफ्ना मन्त्रीहरूले गरेका काम कारबाहीबारे प्रधानमन्त्री दाहालसँग समीक्षा गरेका थिए।

यसैबीच रेशम चौधरीले आफूद्वारा लिखित धरातल किताबको विमोचन प्रधानमन्त्री दाहालसँग गराएका छन्। बुधबार प्रधानमन्त्री कार्यालयमा उक्त किताबको विमोचन गरिएको थियो। कार्यक्रममा रेशम पत्नी एवं भूमी सुधार मन्त्री रञ्जिता श्रेष्ठ पनि सहभागी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *