एमालेले प्रदेशस्तरमा थारू भातृसंस्था विस्तार गर्दै, लुम्बिनी अध्यक्ष बने जन्जिर चौधरी

नेकपा एमालेको भातृसंस्था नेपाल लोकतान्त्रिक थारु संघ लुम्बिनी प्रदेशको अध्यक्षमा जन्जिर चौधरी निर्वाचित भएका छन्। दाङमा सम्पन्न प्रथम अधिवेशनबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ।

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, नेतृ शान्ता चौधरी, कोमल वलीलगायत सहभागी थिए। एमालेले प्रदेशगतरूपमा पनि थारू भातृसंस्था विस्तार गर्न थालेको छ। छिट्टै अन्य प्रदेशमा पनि अधिवेशन गरिने एमालेका थारू नेताहरूले जानकारी दिएका छन्।

गत माघमा नेपाल लोकतान्त्रिक थारु संघको उपत्यका कमिटी गठन भएको थियो। सिरहाका सीयाराम चौधरीको अध्यक्षतामा ३५ सदस्यीय उपत्यका कमिटी गठन भएको थियो।

नेपाल लोकतान्त्रिक थारु संघको अध्यक्ष भने चितवनका लालमणि चौधरी रहेका छन्। गत फागुनमा भएको अधिवेशनबाट उनी अध्यक्ष निर्वाचित भएका थिए।




One thought on “एमालेले प्रदेशस्तरमा थारू भातृसंस्था विस्तार गर्दै, लुम्बिनी अध्यक्ष बने जन्जिर चौधरी

  1. एमालेको दाम्लोमा बाँधिएका यी थारु नेताहरु थारु समुदायको
    पक्षमा जति क्रान्तिकारी भाषण गरेपनि थारु फुटाएर थारु
    विरोधीलाई सहयोग गर्ने यिनीहरुको मुख्य भूमिका रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *