दस वर्षमा थारूको जनसंख्या करिब ७० हजारले वृद्धि, प्रतिशतमा घटे थारू

नेपालमा थारूको जनसंख्या १८ लाख ७ हजार १२४ कायम भएको छ। तथ्यांक विभागले शुक्रबार विज्ञप्ति प्रकाशन गर्दै थारूको जनसंख्या ६.२ प्रतिशत रहेको जनाएको छ।

तथ्याकंअनुसार नेपालमा दस वर्षमा थारूको जनसंख्या करिब ७० हजार वृद्धि भएको छ। तथ्यांक विभागले थारूको जनसंख्या ६९ हजार ६५४ ले वृद्धि भएको जनाएको छ।

त्यस्तै थारूको जनसंख्या प्रतिशमा पनि घटेको छ। २०६८ मा थारूको जनसंख्या १७ लाख ३७ हजार ४७० रहेको थियो। कूल जसंख्याको ६.५६ प्रतिशत रहेको थारूको जनसंख्या ६.२ प्रतिशत कायम भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *