कतारमा थारूहरूले मनाए भब्य माघी कार्यक्रम (फोटो फिचर)

थारू कल्याणकारिणी सभा कतार च्याप्टरले माघी महोत्सव मनाएको छ। जनवरी २० शुक्रबारका दिन थाकस कतार च्याप्टरले माघी महोत्सव मनाएको हो। महोत्सवमा कतारमा रहेका थारूहरूको भब्य उपस्थिति रहेको थियो। थाकस च्याप्टरका सभापति श्यामलाल चौधरीका अनुसार कार्यक्रममा पाँच सय बढी सहभागी थिए।

श्यामलालकै सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष पुरुषोतम सुनुवार प्रमुख अतिथि रहेका थिए। त्यस्तै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष जैबी राई, समाजसेवी तथा बुद्धिजीवी कमलमणि गुरागा, बैचारिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, नेपाल आदिवासी जनजाति महासंघ कतारका सल्लाहकारहरू, नेपाल आदिवासी जनजाति महासघं कतारसँग आबद्ध मातृसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू सहभागी थिए।

कार्यक्रममा थारू झाँकीका साथै थारू गीतहरूमा नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा उपस्थित थारूहरू मौलिक पहिरनमा सजिएका थिए। थाकस कतार च्याप्टरले केहीलाई सम्मानसमेत गरेको सभापति चौधरीले बताए। प्रवासमा पनि थारू संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्ने हिसाबले थाकस कतार च्याप्टरले माघी र जितिया पर्व मनाउँदै आएको छ।

कार्यक्रममा कतारमा रहेका थारूहरूको उल्लासमय सहभागिता रहँदै आएको सभापति चौधरीको भनाइ छ। कोरोनाकाल केही वर्ष माघी कार्यक्रम हुन नसके पनि यसवर्ष भव्यताका साथ कार्यक्रम सम्पन्न भएको सभापति चौधरीले बताए। ‘कार्यक्रमलाई भब्य र सभ्यका साथ ऐतिहासिक रूपमा सम्पन्न गर्न अहोरात्र खट्नुहुने थारू कल्याणकारिणी सभा कतार च्याप्टरका पदाधिकारी तथा सदस्यहरू, सल्लाहकारहरू, कार्यक्रम संयोजक, सहसंयोजक, सांस्कृतिक, स्वयंसेवक, आर्थिक, खानपिन ब्यवस्थापक विभागका संयोजकलयायत सम्पूर्ण सदस्यज्यू तथा प्रायोजकज्यूमा आभार प्रकट गर्न चाहन्छु,’ सभापति चौधरीले भने।

यस्तो छ संस्थाले जारी गरेको विज्ञप्ति

थारु कल्याणकारिणी सभा कतार च्याप्टरद्धारा माघी पर्व सम्पन्न
२० जनवरि, २०२३ शक्रवार
दोहा, कतार

२० जनवरि, २०२३ शुक्रवारका दिन थारु कल्याणकारिणी सभा कतार च्याप्टरद्धारा “ आयोजित जातिय पहिचानको संरक्षण प्रवर्धन, शैक्षिक आर्थिक सामाजिक उत्थान हाम्रो समर्पण” भन्ने मुल नाराका साथ “माघी पर्व तथा थारु संवत २६४६” संस्थाका सभापति श्यामलाल चौधरी ज्यूको सभापतित्वमा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष श्री पुरुषोतम सुनुवार ज्यूको प्रमुख आतिथ्यमा, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष श्री जैबी राई ज्यू, समाजसेवी तथा बुद्धिजीवी श्री कमलमणि गुरागाई ज्यू, , थारु कल्याणकारिणी सभा कतार च्याप्टरका संरक्षक ई. सिताराम चौधरी ज्यू,संयोजक सल्लाहकार तथा नेपाल आदिवासी जनजाति महासंघ कतारका पूर्व अध्यक्ष श्री सियाराम चौधरी ज्यू, विशेष सल्लाहकार ई. अन्जनी पंजियार ज्यू, नेपाली जनसम्पर्क समिति, कतारका सदस्य श्री तिलक राम घिमिरे ज्यू, प्रवासी नेपाली मंच कतारका उपाध्यक्ष श्री बालकृष्ण भित्रकोटी ज्यू, जनप्रगतिसिल मंच कतार कतारका सचिव श्री बिकाश गैरे ज्यू,नेपाली समाज कतारका अध्यक्ष श्री तेज मोक्तान ज्यू, प्रवासी नेपाली एकता मंच कतारका अध्यक्ष श्री रामहरी गैरे ज्यू, संघिय लिम्बुवान सामाजिक मंच कतारका संरक्षक श्री एतु कुमार लिम्बु ज्यू, नेपाल आदिवासी जनजाति महासंघ कतारका प्रमुख सल्लाहकार श्री शिब कुमार भुजेल ज्यू, नेपाल आदिवासी जनजाति महासंघ कतारका संस्थापक सदस्य तथा सल्लाहकार श्री सुक बहादुर तामाङ ज्यू, महासंघ कतारका सल्लाहकारहरु श्री शंख लाल तामाङज्यू , श्री नियम भुजेल ज्यू तथा श्री सामुयल सुनुवार ज्यू, नेपाल मगर सघं शाखा कतारका अध्यक्ष श्री विवेक पुलामी मगर ज्यू, किँरात याक्थुम चुम्लुङ्ग कतारका अध्यक्ष श्री हर्क खजुम लिम्बु ज्यू, किँरात राई यायोख्या शाखा कतारका अध्यक्ष श्री शंकरमान राई ज्यू, नेपाल प्रवासी तामाङ्ग सेवा समाज कतारका सचिव श्री पाखृन तामाङ ज्यू, सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष श्री नीर बहादुर सुनुवार ज्यू, प्रवासी भुजेल समाज कतारका अध्यक्ष श्री युवराज भुजेल ज्यू, नेपाली धानुक सेवा समाज कतारका महासचिव श्री तेजिलाल मन्डल ज्यू, शेर्पा किदुक दोहा कतारका अध्यक्ष श्री तेन्जी शेर्पा ज्यू,नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ कतारका अध्यक्ष श्री बिमल राई ज्यू, सर्लाही प्रवासी सेवा समाजका अध्यक्ष प्रकाश आले मगर ज्यू , बुद्धिजीवी: ई. पदम नारायण शाह ज्यू तथा बुद्धिजीवी: ई. अरुण भगत ज्यू, व्यवसायी तथा बुद्धिजीवी श्री राम भुवन चौधरी ज्यू, कल्याणकारिणी सभा कतार च्याप्टरका सलाहकारहरु, श्री सत्य नारायण चौधरी ज्यू, श्री शम्भु नारायण चौधरी ज्यू, श्रीमती शान्ति चौधरी ज्यू, श्री देव नारायण चौधरी ज्यू, श्री हरि बहादुर चौधरी ज्यू, थारु कल्याणकारिणी सभा कतार च्याप्टरका महिला बिभाग प्रमुख श्रीमती पार्वती चौधरी ज्यू, पूर्व महिला बिभाग प्रमुख मञ्जु चौधरीज्यू ,कार्यक्रम संयोजक श्री रमानन्द चौधरी ज्यू , सह–संयोजक श्री दिनेश कुमार चौधरी ज्यू, सांस्कृतिक संयोजक श्री अरुण कुमार चौधरीज्यू, सांस्कृतिक सह-संयोजक श्री जितेन्द्र कुमार चौधरी ज्यू, स्वयमसेवक संयोजक श्री राजकलम चौधरी ज्यू, स्वयमसेवक सह–संयोजक श्री नबिन कुमार चौधरी ज्यू, आर्थिक संयोजक श्री ओम नारायण चौधरी ज्यू, खान-पिन ब्यवस्थापक संयोजक श्री दीपेन्द्र कुमार चौधरी ज्यू, अतिथी सत्कार संयोजक श्रीमती कन्चन चौधरी ज्यू ,पत्रकारहरु ,कलाकारहरु लगायत थारु तथा गैर थारु दाजु भाई तथा दिदी बैहिनीहरुको बाक्लो उपस्थितीमा कार्यक्रम भब्य र सब्यका साथ ऐतिहासिक रुपमा सम्पन्न भएको थियो । कार्यक्रमको शुरुवातमा प्रमुख अतिथी, सभापति तथा बिशेष व्यक्तित्वहरुलाई फेटा लगाएर सम्मान गरिएको थियो ।

प्रमुख अतिथि तथा विशेष अतिथिहरुद्धारा संयुक्त रुपमा दिप प्रज्वलन तथा ब्यानर अनावरण गरी औपचारिक रुपमा कार्यक्रम उद्धघाटन पश्चात राष्ट्रिय गीतवाट शुरु भएको थियो । संस्थाका उपाध्यक्ष श्री घनश्याम चौधरी ज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो भने माघी पर्व तथा थारु सम्बत् २६४६ का बारेका संस्थाका सल्लाहकार श्री सत्य नारायण चौधरी ज्यूले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पूरुसोत्तम सुनुवार ज्यूले थारुहरु तराईका धर्ति पुत्रहुन र धर्ति पुत्र भएका कारण थारुहरुको हक अधिकार र पहिचानका निमित्त उनिहरुले उठाएका जायज मागहरुलाई राज्यबाट सम्बोधन गरिनुका साथै सम्मान गर्नु पर्नेर टिकापुर घटनाका सम्बन्धामा उक्त घटाना सुनियोजित नभई राजनैतिक घटना भएका कारण अबिलम्ब राज्यका सबै दलहरुबाट पहल भई घटनामा दोषि ठह¥याईका कारागारमा जेल सजाय भोगिरहेका रेशम चौधरि लगायत अन्य दोष लागेका थारुहरुलाई बिनाशर्त रिहाई गनुपर्ने कुरामा जोड दिए र नेपालामा आदिवासी जनजाति महासंघले यस बिषयलाई गम्भिर रुपमा लिई यस्का निमित्त पहल गर्नु पर्ने बताए । त्यसै गरि राजनैतिक चेतना विकाशहुदै देशको मुल राजनितीमा आउदै गरेका थारुहरुलाई अगाढी बढ्न राज्यबाट पनि उचित किसिमको सहयोग थारुहरुमा रहनुपर्छ भन्ने अभिव्यत्ति राख्नु भएको थियो । त्यसै गरि सामाज सेवी तथा बुद्धिजिबी कमलमणि गुरागाई ज्यूले कतारको हकमा थारुहरु धेरै जसो शिक्षित वर्ग रहेको र प्राविधिक रुपमा प्राय: कतारमा थारुहरु ईन्जिनियहरु रहेका र यदि देशमा रोजगारिको अवस्था भएको भए विदेशिनुनपर्ने र देश निर्माणमा थारुहरुबाट ठूलो टेवा पुग्ने थियो । तथापी भोलिका दिनमा अझ कतारमा रहदा हाँसिल गरेको ज्ञान र सीपले नेपाल निर्माणमा थारुहरुले महत्वपूर्ण भुमिका खेल्न सक्ने र राज्यले थारुहरुको शैक्षिक योग्यता र सिपको मुल्याङ्कन गर्नु पर्ने कुरा राखेका राख्नु भएको थियो । त्यसै गरि गैर आवसिय नेपाली संघ राष्ट्रिय परिषद्कतारका प्रथम उपाध्यक्ष जैवी राईले थारुहरु आदिवासी जनजाति भित्रको अन्य जातिय संस्था जस्तै आफनो सांस्कृतिक, मौलिक, परम्परा तथा रितिरिवाज र भेषभुषा जगेर्ना गर्ने बिषयमा अग्रपङ्तिमा रहि आएका वास्तवमै थारुहरुको पहिचान पृथक रहेको बताउनु भएको थियो ।

त्यसैगरी महासंघ कतारको सल्लाकारहरुको तर्फबाट पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार शिव भुजेल ज्यूले शुभकामना मनतव्य राख्नु भएको थियो भने मातृसंस्थाहको तर्फबाट नेपाल मगर संघ शाखा कतार अध्यक्ष श्री विवेक पुलामी मगर ज्यूले आफ्नो शुभकामना मनतव्य राख्नु भएको थियो । कतारमा सघं सस्थाहरु मा आपसी भाई चार सदभाब प्रकट गर्दै आदिवासी जनजातीहरुको रितिरिवाज अनुसार नेपाल मगर संघ शाखा कतार तथा प्रवासी भुजेल समाज कतारद्धारा थारु कल्याणकारिणी सभा कतार च्याप्टरलाई शुभकामना सहित माघिको कोशेली हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा विविध थारु पहिचान झल्कने दर्जनौ कलाकारहरुले सास्कृतिक प्रस्तुति दिनु थियो भने शुरुवातमा स्वागत गित सिमा चौधरि र जितेन्द्र चौधरि सँगै माघी गित आइला माघी रे बोलको नृत्य गितबाट कलाकारहरुले प्रस्तुति दिदैअतिथीहरुलाई स्वागत गर्नु भएका थिए । थारु कल्याणकारिणी सभा कतार च्याप्टरको” जितिया पर्ब २०२२” कार्यक्रम सफलपार्न आर्थिक सहयोग गर्नुहने सहयोगीहरु तथा कलाकारहरुलाई समेत कदर‐पत्र तथा प्रशंशा–पत्र प्रदान गरिएको थियो ।

थारु कल्याणकारिणी सभा कतार च्याप्टरका सदस्य सुश्री आशना चौधरी ज्यले बिरला पब्लिक स्कूल कतारबाट CBSE, इंडियाको सिनियर स्कूलको सेर्टिफिकेट परिक्षामा 92.6% उत्कृस्ट श्रेणी हासिल गर्नु भएकोमा दोसल्ला ओडाई सम्मान गरियको थियो, थारु कल्याणकारिणी सभा कतार च्याप्टर द्वारा कार्यक्रमहरुमा थारु जातिको कला र सस्कृतिको प्रबर्धनमा गर्नु भएको योगदानको मुल्याकंन गर्दै श्रीमती अन्जली मगर ज्यूलाई मानार्थ सदस्य-पत्र प्रदान गरी दोसल्ला ओडाई सम्मान गरियको थियो साथै FIFA World Cup Qatar 2022™ मा बिभिन्न Fan / Festival Zone मा थारु समुदायको साथ साथै सम्पूर्ण नेपाली समुदायको विविध कला र संस्कृति बिश्व सामु चिनाउन खेलेको भूमिकाको योगदानको उच्च मुल्याकंन गर्दै श्री सामुयल सुनुवार ज्यूलाई दोसल्ला ओडाई सम्मान गरियको थियो ।

कलाकारहरु श्री जितेन्द्र चौधरी ,श्री ओम नारायण चौधरी, श्री पुल्कित चौधरी , श्री हेम नारायण चौधरी, श्रीमती रबिना चौधरी धामी, श्रीमती ललिता चौधरी धामी, श्रीमती पर्वती चौधरी , श्रीमती अन्जली मगर , श्रीमती आशा चौधरी, श्रीमती सुनिता चौधरी, श्री रुद्र नारायण चौधरी, श्री रमानन्द चौधरी, श्री दिनेश कुमार चौधरी (क), श्री दिनेश कुमार चौधरी (ख), श्री दिनेश कुमार चौधरी (ग),श्री नविन कुमार चौधरी, श्री समिर फकिर, श्रीमती मोनिका चौधरी, श्री सन्जय कुमार चौधरी, श्री किरण चौधरी ,श्रीमती सिमा कुमारी चौधरी ,श्री कैलाश चौधरी , श्री अरुण कुमार चौधरी , श्री मनु चौधरी ,श्री नन्दकिशोर चौधरी, श्रीमती बर्षा राई ,श्रीमती बबिता महतो, श्री दीपेन्द्र कुमार चौधरी, श्रीमती कञ्चचन चौधरी ज्यूले सांस्कृतिक कार्यक्रम थारु जाती को लाठी नाच / झर्ररा ( Tharu Stick Dance) बाट सुरु गरी सबै कलाकारहरुले आफ्नो मौलिक थारु भेष भुषामा उत्कृस्ट प्रस्तुतीहरु प्रस्तुत गर्नु भयका थिए ।

थारु कल्याणकारिणी सभा कतार च्याप्टरका संरक्षक ई. सिताराम चौधरी ज्यूले सस्थाको बारेमा तथा कार्यक्रम भब्य र सब्यका साथ ऐतिहासिक रुपमा सम्पन्न भएकोमा सम्पूर्ण लाई बधाई तथा धन्यवाद ज्ञापन गर्नु भयको थियो । कार्यक्रमको अन्तमा संस्थाका सभापति श्यामलाल चौधरिज्यूले कार्यक्रम सफल पार्न भुमिका खेल्ने तमाम थारुदाजुभाई तथा दिदीबहिनीहरु, आर्थिक सहयोग गर्नुहुने सहयोगी स्पोन्सरहरु, कार्यक्रमको शोभा बढाउने कलाकारहरु तथा थारु कल्याणकारिणी सभा कतारको निमंत्रण स्वीकारदै कार्यक्रम हलसम्म आउनु भएका अतिथिगणहरु प्रती हार्दिक आभार प्रकट गर्नुका साथै आगामी दिनहरुमा पुनः दोहामा रहेका संघ संस्थाहरुसँग यसरी नै हातेमालो गर्दै जाने र थारुहरुको हक अधिकार तथा पहिचानका मुद्धाहरुमा अग्रपक्तिमा रहेर संस्थाले काम गर्ने बताउदै कार्यक्रम समापन गर्नु भएको थियो। कार्यक्रम उद्घोषण संस्थाका उपसभापति हरि बहादुर महतोले गर्नु भएको थियो ।




One thought on “कतारमा थारूहरूले मनाए भब्य माघी कार्यक्रम (फोटो फिचर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *