सरकारसँग विवाद छैन, चाँडो सत्तापक्षको बेञ्चमा जान चाहन्छौं : रञ्जिता

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले आफनो माग छिटो सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन्। संसद भवन छिर्नेक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू सरकारकै पक्षमा रहेपनि माग सम्बोधन नभएसम्म प्रतिपक्षमा बस्ने बताइन्।

उनले सरकारले छिटो भन्दा छिटो आफनो माग पूरा गरेर प्रतिपक्षीको बेन्चबाट सत्तापक्षको बेन्चमा जान चाहेको बताइन्। उनले भनिन्,‘सरकार र हाम्रो विवाद छैन। छिटो भन्दा छिटो हाम्रो माग पूरा होस र छिटो भन्दा छिटो प्रतिपक्षीको बेन्चबाट सत्तापक्षको बेन्चमा जान चाहन्छौं।’

उनले आजसम्म सत्तागठबन्धनमा रहेकाले आज उपसभामुख पदमा पनि सत्तागठबन्धन कै उम्मेदवारीलाई मत दिने बताइन्। उनले भनिन्,‘आजको दिनसम्म गठबन्धनमा छौं मत दिन्छौं।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *