थाकस दक्षिण कोरियाले जनवरी २३ मा माघी पर्व मनाउने

थारू कल्याणकारी सभा (थाकस) दक्षिण कोरियाले सालनालको तेस्रो दिन अर्थात् जनवरी २३ मा माघी पर्व मनाउने भएको छ। थारूहरूको महान चाड माघी कोरियामा रहेका थारू समुदायले प्रत्येक वर्ष मनाउँदै आएको भए पनि कोरोना महामारीका कारण तीन वर्षदेखि भएको थिए।

माघी कार्यक्रममा थारू परिकार र कोरियामै रहेका थारू कलाकारहरूको बेजोड प्रस्तुती हुने थारू कल्याणकारी सभाका अध्यक्ष शिवशंकर महतो थारूले बताए। ‘करिब तीन वर्षपछि हामीले यो कार्यक्रम गर्न लागेका छौं। यसमा घोङी, ढिक्रीलगायतका हाम्रो परिकारको स्वाद लिन सकिन्छ। त्यसैले कोरियामा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भइदिन आग्रह गर्दछु,’ अध्यक्ष चौधरीले भने।

माघी कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुनेछ। कार्यक्रमस्थल दोङ्देमुन नजिकै रहेको सिन्दाङ स्टेशनको गेट नं. १२ निस्केर पुग्न सकिनेछ। यसअघि पनि थारू कल्याणकारी सभाले माघी पर्व मनाएको सङदोङछाछाछा मे यो वर्षको कार्यक्रम पनि हुने भएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *