माघी महोत्सवको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने

काठमाडौंको टुडिखेलमा आयोजना हुने माघी महोत्सवको उद्‍घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएको छ। थारू कल्याणकारिणी सभाले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा कार्ड दिएका हुन्।

निमन्त्रणा स्वीकार्ण प्रधानमन्त्री प्रचण्डले महोत्सवको उद्घाटनमा सहभागी हुने बताए।

उनले थारूहरू माग मुद्दा सम्बन्धमा सरकार गम्भीर रहेको भन्दै विश्वासको मत लिएपछि क्रमशः मुद्दाहरू टुंगो लगाउँदै जाने आश्वासन दिएका थिए। उनले टीकापुर घटनाका राजबन्दीहरूलाई पनि रिहाइ पक्रिया अगाडप बढाउने बताएका थिए। त्यस्तै थारू समुदायका लागि आरक्षण दिने सम्बन्धमा समेत सरकार गम्भी रहेको प्रचण्डले बताएका थिए।

थारू कल्याणकारिणी सभाको आयोजनामा माघ १ गते माघी महोत्सव आयोजना हुने भएको छ। महोत्सवमा विभिन्न थारू संघसंस्थाहरू सहआयोजकका रूपमा रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *