यी हुन् एमालेको समानुपातिकबाट सांसद् हुने ६ जना थारू नेताहरू

नेकपा एमालेले समानुपातिक सांसदको टुंगो लगाएको छ। जसअनुसार प्रतिनिधिसभातर्फ थारू कोटामा दुई जना र प्रदेशसभामा चार जना परेका छन्। बैठकले प्रतिनिधिसभातर्फ दाङकी आश्मा कुमारी चौधरी र शान्ति चौधरी रहेकी छन्।

प्रदेशसभातर्फ प्रदेश १ मा ललिता कुमारी चौधरी, लुम्बिनी प्रदेशमा सीता चौधरी र भगवती कुमारी थरुनी, सुदू्रपश्चिम प्रदेशमा कोइली देवी चौधरी रहेकी छन्।

प्रतिनिधिसभतर्फ आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई र कालुराम राई रहेका छन्। त्यस्तै नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमारी वलाम्पाकी, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा रहेका छन्।

त्यस्तै खसआर्यतर्फ रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाही समानुपातिकमा परेका छन्। महिलातर्फ मेनकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराल रहेका छन्।

त्यस्तै थारूतर्फ आश्माकुमारी चौधरी र शान्ता चौधरी रहेका छन् भने दलिततर्फ ५ जनामा महिला २ र पुरुष ३ रहेका छन्। पुरुषमा ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, र चन्द्र विक रहेका छन्। यो क्लस्टरमा महीलातर्फ रुक्मणी राना र हकर्ममाया विश्वकर्मा रहेका छन्।

त्यस्तै मधेसीतर्फ गंगाप्रसाद यादव, अमृतलाल राजवंशी र विनादेवी, अर्मतादेवी अग्रहरी र प्रतिक्षा तिवारी छन्। मुस्लिमतर्फ भने सराज अहमद फारुकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *