बारा १ मा खानेपानी मन्त्री उमाकान्त चौधरी भारी मतान्तरले पराजित

बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट शेरबहादुर देउवा नेतृत्वको सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरी पराजित भएका छन्। एमालेका अच्युतप्रसाद मैनालीले बहालवाला मन्त्रीलाई पराजित गरेका हुन्।

शुक्रबार बिहान सकिएको बारा १ को मतपरिणाम अनुसार खानेपानीमन्त्री चौधरी ९ हजार १ सय ३९ को मतान्तरले पराजित भएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बारा १ मा एमाले उम्मेदवार मैनालीले ३९ हजार १ सय ९५ मत ल्याई विजयी भएका छन्। खानेपानीमन्त्रीसमेत रहेका कांग्रेसका उम्मेदवार चौधरीले ३० हजार ५६ मत मात्रै प्राप्त गर्न सकेका छन्।




Leave a Reply

Your email address will not be published.