निसराउद्वारा आयोजित निशुल्क स्वास्थ्य शिवरमा ६७० जनाले गराए स्वास्थ्य परीक्षण

देउखुरी निसराउ समूह काठमाडौंले दाङको देउखुरीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। शनिबार गढवा गाउँपालिका-५ स्थित श्रीमाबि चैनपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना भएको हो। जसमा ६७० जना सर्वसाधारणले स्वास्थ्य परीक्षण गरेका छन्। निसराउका उपाध्यक्ष शत्रुघन चौधरीका अनुसार महिला ३७८ तथा पुरुष २९२ जनाले निशुल्क स्वास्थ्य परीक्षण गराएका हुन्।

सबैभन्दा बढी जनरल मेडिसिनबाट ३६४ जनाले सेवा लिए भने आँखा जाँच २०५ जनाले सेवा लिए। जसमा मोतिविन्दुको २४ जना तथा आँखामा मासु पलाएको ३ जनाले सेवा पाएकोमा ८२ जनालाई चश्मा वितरण गरियो। अन्य सेवा लिनेमा दन्तसेवा ३४ जना, गाइनाकोलोजी २३ जना, अर्थोपेडिक स्पाइन सेवा १२३ जना, फिजोयोथोरापी ४६ जनाले सेवा पाए।

स्वास्थ्य शिविरमा इन्डोक्रोनोलोजिस्ट डा. सुनिल चाैधरी, हार्डजोर्नी मेरुदण्ड विशेषज्ञ डा. राजेश कुमार चाैधरीसहित मेडिकलअफिसरहरु डा. पुष्प भुसाल, डा. संगम सिंह, डा. केदार अधिकारी, डा. कौशल गिरी, डा. रुविनाचौधरी, डा. सुदीप चौधरीलगायतले स्वास्थ्य परीक्षण गरेका थिए।

शिविरको सुमद्घाटन सहरी विकास मन्त्री मेटमणि चौधरीले गरेका थिए भने विशेष अतिकिको रुवमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजीत चौधरी सहभागी थिए।

शिवर सञ्चालन गर्न गढवा गाउँपालिका, फ्लोरेन्स हस्पिटल, ट्रमा सेन्टर, लमही आँखा अस्पताल, नोभा केयर फिजियो थेरापीले प्रत्यक्ष सहकार्य गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *