पहिचानलाई प्रबर्द्धन गर्न बरघर रेस्टुरेन्ट खोले : सीताराम थारू

युवा नेता सीताराम थारूले समुदायको पहिचान प्रवर्द्धन गर्न बरघर रेस्टुरेन्ट खोलेको बताएका छन्। उनले पहिचानलाई युवा पुस्ताले दास्तवेजीकरण नगर्ने हो भने हराएर जाने बताए। उनले रेस्टुरेन्टको उद्देश्य फाइदामात्र नरहेको प्रस्ट्याए।

‘हाम्रो लागि सबैभन्दा ठूलो कुरा पहिचान हो। पहिचानलाई व्यवसायीकरण वा दस्तावेजीकरण गर्न सकेन भने त्यो हराएर जान्छ। बरघर रेस्टुरेन्ट मैले पहिचानकै लागि खोलेको हुँ। यो फाइदा कमाउनका लागि मात्र खोलिएको रेस्टुरेन्ट होइन,’ उनले भने।

उनले बरघर शब्दले राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा पहिचान बोकेको भन्दै त्यही शब्दलाई प्रबर्द्धन गर्न रेस्टुरेन्टको जन्म भएको बताए। तर पहिचानको संरक्षण गर्दैगर्दा जातिवादीको आरोपसमेत लाग्नेगरेको उनको भनाइ छ।

‘पहिचानको कुरा गर्दैगर्दा थारुलाई जातिवादीको आरोप पनि लाग्ने गर्छ। जातिवादी भनेको के हो? थारुहरु जातिवादी राजनीति गरेका हुन्?,’ उनको प्रश्न छ, ‘हामी त दास्त्वका विरुद्ध लडिरहेका छौं। हामीले हाम्रो अधिकार माग्दा शासकहरुलाई पच्य भइरहेको छैन। उनीहरुले नै हो जातिवादीको भ्रम फैलाएको छ।’

उनले आफूहरुले कुनै पनि जाति वा समुदायलाई गलत नभनेको बताए। गलत प्रवृत्तिको मात्र विरोध गरेको उनको भनाइ छ। ‘अबका युवाहरु राजनीतिमा नआएसम्म समाज परिवर्तन गर्न सकिँदैन। त्यसैले जो जुन पार्टीमा आबद्ध भए पनि राजनीतिमा आएर समुदाय परिवर्तका लागि लड्नुपर्छ,’ उनले भने।

बौद्धको टुसालस्थित स्थापना भएको बघरघर रेस्टुरेन्टमा आयोजित कार्यक्रममा मिस्टर एन्ड मिस थारुका विजेताहरुलाई बर्दियाली थारु विकास मञ्चले सम्मानसमेत गरेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *