बरघर रेस्टुरेन्टमा शनिबार दशैं मिलन कार्यक्रम हुँदै, थारू कलाकारको प्रस्तुती रहने

बरघर रेस्टुरेन्ट बौद्ध टुसालमा भोलि (शनिबार) दशैं मिलन कार्यक्रम आयोजना हुने भएको छ। बर्दियाली थारू विकास मञ्चको आयोजामा ‘दस्या देवारी मिलन ओ सम्मान’ कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा ख्याती प्राप्त थारू कलाकारहरू र थारू नेताहरुको उपस्थिति रहने मञ्चका दिनेश चौधरीले जानकारी दिए। काठमाडौंमा बसोबास गर्ने थारूहरुको जमघटसमेत हुने उनको भनाइ छ।

कार्यक्रममा गायक एवं मोडल राज कुश्मी, आरके थारू, राोशन रत्गैँया, गायिका समीक्षा चौधरी, सोनु कुश्मीलगायतको उपस्थिति हुने मञ्चले जनाएको छ।

त्यस्तै राप्रपाका नेता विनय रावल, नेपाली काङ्ग्रेसका सभापति अरुण प्रकाश सिंह राठौर, जन्मजय तिमिल्सिना, थरुहट थारुवान राष्ट्रिय मोर्चाका काबा श्रवन थारु, राजापुर प्रमुख दिपेश थारु, युवा नेता दर्पन कुसम्यालगायत नेताहरूको उपस्थिति रहने बताइएको छ।

थारू आयोगका अध्यक्ष विष्णु थारूको प्रमुख आतिथ्यमा मिस्टर एन्ड मिस थारूलाई सम्मानसमेत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *