भानुराम थारुको पार्टीले लगायो कैलालीका उम्‍मेदवारको टुंगो

नेपाल लोकतान्त्रिक पार्टीले कैलालीका पाँच वटै क्षेत्रमा प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारको टुंगो लगाएको छ। रेशम चौधरीको क्षेत्रसमेत रहेको कैलाली १ मा प्रेम चौधरीको नाम टुंगो लगाएको छ। उक्त क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले उम्मेदवारी घोषणा गरेकी छन्। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामजनम चौधरीले उक्त क्षेत्र दाबी गरेका छन्।

त्यस्तै नेपाल लोकतान्त्रिक पार्टीले क्षेत्र २ मा देशराज चौधरी, क्षेत्र ३ मा लवारी चौधरी, क्षेत्र ४ मा तेज तारामीमगर र क्षेत्र ५ मा खडक चौधरीको नाम टुंगो लागेको नेता माधव थारुले जानकारी दिए।
अध्यक्षसमेत रहेका भानुराम थारु यसपटक समानुपातिक सूचीमा रहने बताइएको छ।




One thought on “भानुराम थारुको पार्टीले लगायो कैलालीका उम्‍मेदवारको टुंगो

  1. शुभकामना छ । उमेदवार नभएको अवस्थामापनि हाम्रो भोट नेपाल लोकतान्त्रिक पार्टीको
    चुनाव चिन्ह “नमस्कार” मा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *