६.६ प्रतिशत थारु क्लस्टरसहित निजामती विधेयक बनाइयोस् : कांग्रेस सांसद सञ्जय गौतम

सत्तारूढ दल नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले थारु क्लस्टरसहितको निजामती ऐन बनाउन माग गरेका छन्। ऐन बनाएर उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए। बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संविधानले थारु क्लस्टर छुट्ट्याएकाले सोहीबमोजिम निजामती ऐन बनाउन माग गरेका हुन्।

‘वर्तमान संविधानमा थारु कलस्टर छुट्ट्याइएको छ। तर, थारु क्लस्टरसहितको निजामती ऐन बनेको छैन। थारु समुदाय मौलिक हकबाट वञ्चित भएको छ। नेपालमा थारु समुदायको चौथो ठूलो जनसंख्या रहेको छ। २०६८ को जनगणनाअनुसार ६.६ प्रतिशत रहेको छ। सोही अनुपातमा थारु क्लस्टर छुट्ट्याएर निजामती ऐन बनाउन माग गर्दछु,’ उनले भने।

उनले कैलालीको तत्कालीन टीकापुर घटना विशेष प्रकृतिको राजनीतिक घटना भएको भन्दै थारु समुदायमा लगाइएको झुटा मुद्दा फिर्ता गरी कैदीबन्दीको अविलम्ब रिहाइको माग पनि गरे।

भिडियो हेर्नुस्:




One thought on “६.६ प्रतिशत थारु क्लस्टरसहित निजामती विधेयक बनाइयोस् : कांग्रेस सांसद सञ्जय गौतम

  1. पहिचानसहितको हक र अधिकार सबैमा समता र समानता सँविधानको सुनिश्चित मौलिक अधिकार सम्पन्न हुनु नै उत्कृष्ट सँविधान कहलाउँछ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *