स्थानीय तह निर्वाचनमा थारु समुदायबाट प्रमुखमा ३१, उपप्रमुखमा ५२ र वडाध्यक्षमा ३५० जना निर्वाचित

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा थारु समुदायबाट प्रमुख/अध्यक्ष पदमा ३१ जना निर्वाचित भएका छन्। त्यस्तै उपप्रमु/उपाध्यक्ष पदमा थारु समुदायका ५२ जना निर्वाचित भएका छन्। वडाध्क्षतर्फ भने ३५० जना निर्वाचित भएका छन्।

प्रमुखतर्फ निर्वाचितमध्ये सबैभन्दा धेरै कांग्रेसबाट १५, एमालेबाट ८, नागरिक उन्मुक्ति पार्टीबाट ४, माओवादीबाट ३ र जसपाबाट १ जना निर्वाचित भएका छन्। त्यस्तै उपप्रमुखतर्फ कांग्रेसबाट २६ जना १९ जना एमालेबाट र नागरिक उन्मुक्ति पार्टी र जसपाबाट दुई दुई जना र माओवादी, एकीकृत समाजवादी र राप्रपाबाट एक-एक जना निर्वाचित भएका छन्।

अघिल्लो स्थानीय तहको निर्वाचनसँग तुलना गर्दा प्रमुख पदमा दुई जनाले घटेको छ भने उपप्रमुख पदमा ७ जनाले बढेको छ। विसं २०७४ सालको स्थानीय निर्वाचनमा प्रमुखमा पदमा ३३ जना र उपप्रमुख पदमा ४५ जना निर्वाचित भएका थिए।

त्यस्तै वडाध्यक्षतर्फ सबैभन्दा धेरै कांग्रेसबाट १४७ जना निर्वाचित भएका छन्। दोस्रोमा एमालेबाट १०४ जना, माओवादीबाट ५३ जना, जसपाबाट १५ जना, नागरिक उन्मुक्ति पार्टीबाट १३ जना, नेकपा एकीकृत समाजवादीबाट ९ जना, स्वतन्त्रबाट ५ जना र लोसपा र जनमोर्चाबाट एक-एक जना निर्वाचित भएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *