रेशम चौधरीको पार्टीले खोल्यो खाता, टीकापुर-५ मा बलबीर थारूको प्यानल विजयी

टीकापुर नगरपालिका वडा नम्बर ५ मा नागरिक उन्मुक्ति पार्टीका वडाध्यक्षका उम्मेदवार बलबीर थारूको प्यानल विजयी भएको छ। वडाध्यक्षमा थारूले ८२० मत पाएका छन्।

महिला सदस्यमा बासमोति कुमारी चौधरीले ८६२, दलित महिला सदस्यमा सरिता भूलले ८९६ खुला सदस्यमा कन्हैया चौधरीले ८२३ र बलराम चौधरीले ८५६ मत प्राप्त गरेका छन्।

वडाध्यक्षमा कांग्रेसका अनन्त खड्काले ४६१ र एमालेका विजय सार्कीले ४४७ मत पाएका छन्। नगरमा पनि नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *