विजय गच्छदार कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेलसहित १० जना नेतालाई केन्द्री कार्यसमिति सदस्यमा मनोनित गरेका छन्। विधानले दिएको अधिकार प्रयोग गरि देउवाले सभापतिमा पहलो चरण प्रतिस्पर्धा गरेर दोस्रो चरणमा आफूलाई समर्थन जनाएका विमलेन्द्र निधी र प्रकाशमान सिंहलाई पनि मनोनित गरेका छन्।
त्यस्तै उपसभापतिमा आफ्नो टिमबाट पराजित भएका विजय कुमार गच्छदार, महामन्त्रीमा पराजित डा. प्रकाश शरण मत र उपसभापतिमा प्रकाशमान सिंहको प्यानलबाट पराजित सुजाता कोइराला पनि मनोनित भएका छन्। मनोनित हुनेमा कृष्णप्रसाद सिटौला, उमा रेग्मी र मीन विश्वकर्मा समेत छन् । देउवा प्यानलबाटै पराजित महामन्त्री प्रदिप पौडेल भने मनोनित भएका छैनन्। त्यस्तै शेखर कोइरालाको प्यानलबाट उम्मेदवार उठेर पराजित भएका पदाधिकारी मनोनयनमा परेका छैनन् ।
Facebook Comment