प्रभावशाली नेता बलदेव चौधरीको छोराको निधन

उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीका छोराको खोलामा डुबेर शनिबार दिउँसो ज्यान गएको छ। साथीसँग पिकनिक खान चौदन्डीगढी नगरपालिका-१० पुगेका ३० वर्षीय मनोज चौधरीको स्थानीय देबधार खोलामा डुबेर ज्यान गयको हो।

मध्यान १२ बजे खाजा खाएर खोलामा नुहाउन गएका चौधरीको दहमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपि बेदप्रसाद गौतमले जानकारी दिए।

खाजा खाएर बेपत्ता भएका चौधरी कतै नदेखिएपछि खोजी गर्दा दहमा डुबेको अवस्थामा फेला परेका सँगै गएका साथीलाई उद्धृत गर्दै मृतकका आफन्त रबिन्द्र चौधरीले बताए। घटनाको थप अनुसन्धान भैरहेको डिएसपि गौतमले जानकारी दिए।

यसैबीच मेयर बलदेव चौधरीको छोराको निधनप्रति त्रियुगा नगरपालिकामा आइतबार सार्वजनिक विदा दिइएको छ। त्रियुगा नगरपालिकाका कार्यकारी प्रमुख पुरुषोतम ढकालले एक सूचना जारी गर्दै मेयर चौधरीको छोरा मनोज चौधरीको अल्पआयुमा नै असमायिक निधन भई अपुरणीय क्षति हुन गएकोले शोक मनाउनको लागि आइतबार नगर भित्र सार्वजनिक विदा दिइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *