संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री मोदीले गरे भारतीय लोकतन्त्रको चर्चा

अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत लोकन्त्रको जननी भएको बताएका छन्। उनले शनिबार संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै भने- लोकन्त्रले उद्धार गर्नसक्छ र गरेको पनि छ। उनले महासभामा २१ मिनेट बोलेका थिए। सन् २०१४ पछि मोदीले चौथोपटक भाषण दिएका थिए। प्रधानमन्त्री मोदीले इन्डो-प्यासिफिकमा चीनको विस्तारवादले अन्तर्राष्ट्रिय संस्थाहरुलाई कमजोर पारेको बताए। उनले विश्व बैंकको व्यापार सहजतामा हेरफेर भएको उदाहरण दिए।

उनले विश्व प्रतिगामी सोँच र चरमपन्थीको बढ्दो खतराको सामना गर्नुपरेको औंल्याउँदै विश्व समुदायलाई सतर्क रहन आग्रह गरेका थिए। उनले कुनै पनि देशले आफगानिस्तानको नाजुक स्थितिलाई लाभ लिने कोशिश नगर्नसमेत आग्रह गरेका थिए।

क्वाडका नेताहरू र अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको छलफलपछि पाकिस्तानलाई निशाना बनाउँदै उनले इस्लामाबादको “प्रतिगामी सोच” र “आतंकवादलाई एक राजनीतिक उपकरणको रूपमा”को उपयोगमा ध्यानाकर्षण गराएका थिए।

यो पनि पढ्नुस्:

प्रधानमन्त्री मोदीको अमेरिकामा भव्य स्वागत, ह्वाइटहाउसमा राष्ट्रपति बाइडेनसँग भेटवार्ता

मोदीले संयुक्त राष्ट्र संघमा अन्तर्राष्ट्रिय नियकाहरुलाई अफगानिस्तान नछोड्न आग्रह गरेका थिए। उनले अफगानिस्तानमा महिला, बालबालिका र अल्पसंख्यकहरुसहितका मानिसहरुलाई सहयोगको आवश्यकता रहेको औं‌ल्याएका थिए।

उनले क्वाड शिखर सम्मेलन एक स्वतन्त्र र खुल्ला हिन्द-प्रशान्तको अवधारणासँग सम्बन्धित रहेको बताए। ‘हाम्रा महासागरहरु पनि हाम्रो साझा विरासत हो। त्यसैले यसलाई ध्यानमा राख्नुपर्छ कि हामीले मात्र समुद्री संसाधनहरुको उपयोग गर्नुपर्छ न कि दुरुपयोग,’ उनले भने।

यसबाहेक, महासागरहरु पनि अन्तर्राष्ट्रिय व्यापार को लाइफलाइन भएको उनले स्पष्ट पारे। ‘हामीले उनीहरुलाई विस्तार र बहिष्करणको दौडबाट बचाउनुपर्छ। अन्तर्राष्ट्रिय समुदाय एक नियममा आधारित विश्व व्यवस्थाको सुदृढीकरणका एक आवाज उठाउनुपर्छ। भारतको राष्ट्रपतिको कार्यकालमा सुरक्षा परिषदमा भएको व्यापक सहमतिले संसारलाई देखाउँछ- समुद्री सुरक्षाको लागि अगाडि बढ्ने बाटो,’ उनले भने।

उनले अन्तर्राष्ट्रिय संस्थाहरुमा सुधारको पक्षमा बहस गर्नका लागि वैश्विक शासनमा बेइजिङको बदमाशीको उपयोग गरे। ‘यदि संयुक्त राष्ट्र सान्दर्भिक रहन चाहन्छ भने, यसको प्रभावकारितामा सुधार गर्नका लागि यसको विश्वसनीयता वृद्धि गर्न आवश्यक छ,’ उनले भने।

उनले संयुक्त राष्ट्रको बारेमा सबै प्रकारका प्रश्न उठाइएको बताए। उनले जलवायु संकट, कोभिड-१९ समय, विश्वका धेरै भागहरुमा चलिरहेको प्रोक्सी युद्ध, आतंकवाद र भर्खरको अफगानिस्तानको संकटले यी प्रश्नहरुको गम्भीरतालाई थप उजागर गरेको बताए।

चीन विपरित प्रधानमन्त्री मोदीले भारतको लोकन्त्रको महान परम्परालाई आह्वान गर्दै भने- हाम्रो विविधता हाम्रो बलियो लोकतन्त्रको पहिचान हो। यो एक देश हो कि दर्जनौं भाषाहरु, बोलीहरु, सयौं फरक जीवनशैली र व्यञ्जनहरु छन्। यो एउटा जीवन्त लोकतन्त्रको सबैभन्दा राम्रो उदाहरण हो। हाम्रो लोकतन्त्रको बल यो तथ्यबाट प्रमाणित हुन्छ कि एउटा सानो केटा जो एकपटक रेलवे स्टेशनको चिया पसलमा आफ्नो बुबालाई सहयोग गर्थे, आज भारतको प्रधानमन्त्रीको रुपमा चौथो पटक संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्दैछन्,’ उनले भने।

उनले भारतको प्रगतिलाई वैश्विक विकासको बाटोमा जोड्दै भने- संसारमा हरेक छैटौं व्यक्ति भारतीय हुन्। जब भारतीयहरु प्रगति गर्छन्, यसले विश्वको विकासका लागि एक प्रेरणा दिन्छ। जब भारत बढ्छ, संसार बढ्छ। जब भारत सुधार हुन्छ, संसार परिवर्तन हुन्छ। उनले विश्वकै खोप निर्माताहरुलाई आह्वान गरे- विश्वभरिबाट खोप निर्माताहरुलाई निमन्त्रणा दिन्छु। आउनुहोस्, भारतमा खोप बनाउनुहोस्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *