काठमाडौंबासी थारुहरुले भदौ १४ गते अष्टिम्की पर्व मनाउने

थारुहरुले काठमाडौंमा अष्टिम्की पर्व मनाउने भएका छन्। भदौ १४ गते सोमलबार बिजुलीबजारस्थित क्रिस्टल पार्टी भेन्युमा पर्व मनाउने बर्दियाली थारु विकास मञ्चका सचिव दिनेश चौधरीले जानकारी दिए। अष्टिम्की पर्व सफल पार्नका लागि शिव चौधरीको संयोजकत्वमा मूल आयोजक समिति बनाएको छ।

समितिको उपसंयोजकमा चम्पा चौधरी, सदस्यहरुमा गीता चौधरी, दिनेश चौधरी, पुष्पा चौधरी, किरण चौधरी, अन्जु चौधरी, प्रताप पलपरिया, अर्णव चौधरी, विनय चौधरी र यम चौधरी रहेका छन्। सदस्य सचिवमा उर्मिला चौधरी, मिनराज चौधरी, सिताराम चौधरी र नन्दुराज चौधरी रहेका छन्।

हरेक वर्ष काठमाडौंमा मनाउँदै आएको अष्टिम्की गतवर्ष कोरोना महामारीका कारण थारुहरुले मनाउन पाएका थिएनन्। यस वर्ष सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलसहित सामाजिक दूरी कायम गरी पर्व मनाइने आयोजकले जनाएको छ।

सफलरुपमा पर्व मनाउन उपसमितिहरु पनि गठन गरिएको छ। मञ्च व्यवस्थापनमा गीता चौधरी, आर्थिक व्यवस्थापनमा दिनेश चौधरी, प्रचार प्रसार समितिमा यम चौधरी, स्वयंसेवकमा प्रताप पलपरिया र साँस्कृतिक समितिमा अन्जु चौधरी रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *