काठमाडौंको वसन्तपुर थारु विद्रोह दविस मनाइँदै

थरुहट थारुवान राष्ट्रिय मोर्चाले काठमाडौंको वसन्तपुरमा विरोध सभा आयोजना गर्दै छ। टीकापुर घटनाको ६ वर्ष पुगेको अवसरमा विद्रोह दिवस रुपमा मोर्चाले विरोध सभा आयोजना गर्न लागेको मोर्चाको युवा संगठनका संयोजक सीताराम चौधरीले जानकारी दिए। उनका अनुसार दिउँसो ३ बजेदेखि कार्यक्रम सुरु हुनेछ।

समानता, न्याय र अधिकारका लागि एवम् दासताविरुद्धको तेस्रो चरणको अभियान सफल पार्न आह्वान गर्दै मोर्चाले विरोध सभा गर्न लागेको बताइएको छ। कार्यक्रममा थारु नेताहरु, नागरिक समाजका अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

साथै शिल्पी थियटरको प्रस्तुत र प्रविन खतिवडाको निर्देशन रहेको नाटक पनि प्रस्तुत गरिने बताइएको छ। नाटक थारु अधिकार सम्बन्धमा रहेको बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *