कीर्तिपुरमा मोटरसाइकल दुर्घटना, दयाराम चौधरीको मृत्यु

काठमाडौंको कीर्तिपुर नगरपालिका खसी बजारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गएराति बा ७३ प ६०१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा पल्टिदा चालक कन्चनपुर बेलौरी नगरपालिकाका ३२ वर्षीय दयाराम चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा परी घाइते भएका उनको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा गएराति नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *