भूमिसम्बन्धी आयोग खारेजीको विरोधमा शान्ता चौधरीद्वारा आन्दोलनको घोषणा

ओली सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग देउवा सरकारले खारेज गरेको विरोधमा नेपाल भुमिहिन सुकुम्वासी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संगठनकी अध्यक्ष शान्ता चौधरीले बिहीबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेकी हुन् ।

विज्ञप्ति अनुसार साउन २२ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउने, २३ गते देशभरका भुमिहिन, सुकुम्वासी, अव्यवस्थित बस्तीहरुमा जनाकारी तथा जागरण कार्यक्रम गर्ने र २४ गते जिल्ला जिल्लामा विरोध सभासहित थप कार्यक्रम सार्वजनिक गर्ने अध्यक्ष चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हेर्नुहोस् विज्ञप्ति




Leave a Reply

Your email address will not be published. Required fields are marked *