राजापुर वडा २ का स्थानीयले बनाए ‘बरघर रोड’

थारु समुदायको इतिहास तथा पहिचानसँग जोडिएको बरघर प्रणालीको नामले राजापुर नगरपालिकाको वडा नं. २ मा जोतपुर गाउँदेखि ग्वारीसम्म १४०० मिटर लामो र ८ मिटर चौडाई रोड निर्माण गरिएको छ।
राजापुर-२, का वडाध्यक्ष धरनीधर थारुको पहलमा यो सडक विस्तार गरिएको हो। यो रोड गाउँ क्षेत्रलाई बजारसँग जोड्न, बजार थप विस्तार गर्न, कृषि उत्पादनको ओसार-पसार सहज बनाउन र विद्यार्थीहरुलाई विद्यालय जान र आउन सहज बनाउने छ।

वडाध्यक्ष थारुले यो रोडले हरेक कुराको बजारीकरण गर्न सहयोग पुर्‍याउने बताए। ‘ हाम्रो यहाँ खेतीयोग्य जमिन भए पनि त्यो जमिनको उत्पादन व्यवस्थापन गर्न बाटो छैन । विद्यार्थीहरुलाई घुमाउरो बाटोबाट विद्यालय जानुपर्छ। यो रोडले हरेक कुराको बजारीकरणमा सहयोग पुर्‍याउँछ,’ उनले भने।

थारु गाउँमा बरघरले गाउँको सम्पूर्ण राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक कार्यको नेतृत्व गरेको हुन्छ। बरघर गाउँका नेता हुन्। हरेक थारु गाउँमा बरघर हुने गर्छन्। गाउँमा बेठ बेगारी, कुलापानी सिंचाई, मरणी करणीदेखि लिएर पूजापाठ र सामाजिक कार्य यिनै बरघरमार्फत् नै हुने गर्छ।

अर्को अर्थमा, बरघर भन्नाले थारु समुदायको प्रमुख पहिचान हो। जहाँ थारु त्यहाँ बरघर। तसर्थ, थारु समुदायको पहिचान स्थापित गर्नका लागि सो रोडको नामाकरण बरघर राखिएको जोतपुर निवासी युवा नेता तथा बर्दियाली थारु विकास मञ्च, काठमाडौंका केन्द्रीय अध्यक्ष सिताराम थारुले बताए। ‘हामीले आफ्नो पहिचान स्थापित गर्न सम्पूर्ण थरुहटमा यही कुरा सिक्नुपर्छ,’ उनले भने।

त्यसैगरी जोतपुरकै एक युवा समाजसेवी तथा जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौरा भन्छन्, ‘हामीले आफ्नो सामाजिक तथा साँस्कृतिक प्रणाली, धरोहर तथा महत्वपूर्ण योगदान पुर्यातएका व्यक्तिहरुको नामबाट रोड, चौक तथा सार्वजनिक स्थलहरुको नामाकरण गर्नुपर्छ। यसो गरेमा सो स्थानकाआदिबासीहरुको पहिचान स्थापित हुँदै जाने र इतिहास पनि रहन्छ।’

उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘खास गरेर थरुहट क्षेत्रको नामाकरण गर्दा ध्यान पुर्याउनुपर्ने कुराहरु, गाउँ-ठाउँ, कुलो, गल्ली, रोड, चौक या सार्वजनीक ठाउँको नामाकरण गर्दा कसैलाई गाली गर्ने, होच्याउने, उच्शृङ्खल, अश्लिल खालको नाम राख्न हुँदैन। लास्या बजार, चुतिया चौक जस्तो नामलाई तुरुन्त सच्याएर मौलिक तर सभ्यनाम राखौं। थरुहट पहिचान, इतिहास या साँस्कृतिकतथा सामाजिक नाम झल्काउने नाम राखौं। जस्तो कि, बरघर चौक, बरघर रोड, गुर्वा चौक या समाज, गाउँ बनाउन महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिका नामबाट (गुम्रा चौक, राधाकृष्ण रोड, आदि…) राखौं। बिगारिएका नामलाई सुधारौं। जस्तो कि सडुवा–सरुवा-सर्वा, नयाँ गाउँ– लवलपुर-लौलपुर, बड्का भौंरा– बर्का भौंरा, तल्ना बरगदही– टर्ना बरगदही, गुवारी– ग्वारी आदिआदि।’

यतिबेला युवाहरु बेरोजगार बसेका छन्। युवा स्वरोजगारअन्तर्गत रहेका मानव संशाधनलाई हामीले यही कार्यमा लगायों। यो रोडले मुख्य गरी राजापुर नगरपालिकामा रहेको बालाबजारलाई जोड्ने छ।




2 thoughts on “राजापुर वडा २ का स्थानीयले बनाए ‘बरघर रोड’

  1. Bahut sarahaniya kaam huill…., E kaam se sakku j sikh lehak paral o aapan aapan taha tapkaa se kaam ma laagak parna baa…..👍👍👍👍👍👍

    1. सह्रानिय काम, यि काम एक उदाहरण बनन् थारु समाजम अन्य-अन्य ठाउके लागी सिक्खना अबसर बनैलकमा बिशेष धन्यबाद।।।

Leave a Reply to Ramesh kumar dahit Cancel reply

Your email address will not be published. Required fields are marked *