राना थारु समुदायबाट पहिलोपटक फुल मन्त्री बने नारदमुनी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजुलाई प्रतिनिधिसभा चुनावमा पराजित गरेका नारदमुनी राना मन्त्री भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई वन मन्त्रालयको जिम्मेवारी दिएका छन्।
योसँगै नारदमुनी राना थारु समुदायबाट फुल मन्‍त्री बन्ने पहिलो नेता भएका छन्। यसअघि २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत लबरु राना थारु २०४२ सालमा भूमिसुधार राज्य मन्त्री भएकी थिइन्। राना समुदायबाट उनी ३५ वर्षपछि मन्त्री बनेका हुन्।

२०६४ सालको संविधानसभा सदस्यमा समेत निर्वाचित राना २०५४ सालमा धनगढी उपमहानगरपालिकाको उपप्रमुख बनेका थिए।




One thought on “राना थारु समुदायबाट पहिलोपटक फुल मन्त्री बने नारदमुनी

  1. देशको लागि राम्रो काम गर्नु साथै रेशम जि को बारेमा बिचार गर्नु ।

Leave a Reply to Cancel reply

Your email address will not be published. Required fields are marked *