राजापुरमा हुने भनिएको थरुहट थारुवान मोर्चाको जनसभा स्थगित

बर्दियाको राजापुर हुने भनिएको थरुहट थारुवान राष्ट्रिय मोर्चाको जनसभा स्थगित गरिएको छ। जनसभाको तयारी सम्पन्न भए पनि दोस्रो लहरको कोरनाका कारण सथगित गर्नुपरेको जिल्ला कार्यसिमित बर्दियाका मदन थारुले जानकारी दिए।

अहिले भयाभह रुपमा फैलिरहेको कोरोनाको संक्रमण दिनप्रितिदिन बढिरहेको अवस्थालाई दृष्टिगत गरी सचेत र सजग रहदै, विभिन्न जिल्लामा भएको लकडाउन, बर्दिया जिल्ला विपद व्यवस्थापन समितिको बैठकको सभा सम्मेलन निषेध गर्ने निर्णय समेतलाई मध्यनजर गर्दै सभा स्थगित गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

मोर्चाका केन्द्रीय प्रवक्ता मिनराज थारुले जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार सभा स्थगित गर्नुपरेको बताए। सम्भवतः अन्य ठाउँहरुका सभा पनि स्थगित हुनसक्ने उनले बताए। ‘कोरोनाको दोस्रो लहरले फेरि जनजीवन प्रभावित बनाएको छ। हामीले यो मिति पहिल्यै सार्वजनिक गरेर तयारी गरेका थियौं। तर नेपालमा पनि कोरोनाको लहर देखिएपछि र स्थानीय प्रशासनले जारी गरेका विभिन्न मापदण्डका कारण हाललाई सभा स्थगित गर्नुपरेको हो,’ थारुवानसँग कुरा गर्दै उनले भने।

जिल्ला कार्यसमिति बर्दियाले जारी गरेको विज्ञप्ति

थरुहट-थारुवान राष्ट्रिय मोर्चाको केन्द्रीय योजना र निर्णय अनुरुप यही बैशाख १९ गते आईबारका दिन बर्दियाको राजापुरमा सुर्खेत, बाँके र बर्दिया जिल्लाको संयुक्त वृहद जनदबाब तथा जनजागरण सभा भव्य एवं व्यवस्थित रुपमा सु–सम्पन्न गर्नको लागि समन्वयात्मक बैठकको क्रममा विभिन्न राजनीतिक दलका नेता, प्रतिनिधि÷प्रदेश सभा सांसद, स्थानीय जनप्रतिनिधि, अभियन्ता, अगुवा, बरघर, बुद्धिजिवी, समाजसेवी, महिला, किसान, यूवा विद्यार्थीहरु संग चरणवद्ध तयारी बैठक सम्पन्न भएको विदितै छ ।

तयारीको क्रममा सम्पन्न भएका सबै बैठकबाट आएको राय सल्लाह सुझाव अनुसार थरुहट आन्दोलनको माग मुद्दाहरु पुरा गराउनको लागि दबाब दिन निर्धारित समयमै राजापुर बर्दियामा कार्यक्रम गर्नुपर्ने जोड सहित निश्कर्ष रहेको थियो तर अहिले भयाभह रुपमा फैलिरहेको कोरोनाको संक्रमण दिनप्रितिदिन बढिरहेको अवस्थालाई दृष्टिगत गरी सचेत र सजग रहदै, विभिन्न जिल्लामा भएको लकडाउन, बर्दिया जिल्ला विपद व्यवस्थापन समितिको बैठकको सभा सम्मेलन निषेध गर्ने निर्णय समेतलाई मध्यनजर गर्दै, यस किसिमको गम्भिर परिस्थिति र अवस्थामा सबै जनताको सु–स्वास्थ्यप्रति जिम्मेवार बन्दै अर्को सूचना नहुन्जेलसम्मका लागि उक्त समयमा निर्धारित बृहद जनजागरण तथा जनदबाब सभा पछि अनुकूल समयमा गर्नेगरी हाललाई स्थगित भएको व्यहोरा यसै विज्ञप्ति मार्फत सबैमा जानकारी गराउन चाहन्छौ ।

तयारीको क्रममा हरेक हिसाबले सहयोग गर्नुहुने सम्बन्धित सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा हुने संघर्ष कार्यक्रमको लागि प्रतिवद्ध भई तयार रहन अनुरोध गर्दै हार्दिक धन्यवाद दिन चाहन्छौं । “जय थरुहट।

मदन थारु
थरुहट थारुवान राष्ट्रिय मोर्चा
जिल्ला कार्यसमिति, बर्दिया




Leave a Reply

Your email address will not be published. Required fields are marked *