रियासा दाहाल र प्रदीप चौधरी अभिनित थारु म्युजिक भिडियो सार्वजनिक

रियासा दाहालले थारु म्युजिक भिडियोमा अभिनय गरेकी छन्। उनले अभिनेता एवं निर्देशक प्रदीप कुमार चौधरी ‘पीके डन’सँग अभिनय गरेकी हुन्।

विक्रम चौहानको निर्देशनमा बनेको ‘तुही हो तुही’ बोलको गीतमा नरेश जोगी र अन्नु चौधरीको स्वर रहेको छ। गीतमा नरेशकै शब्द संगीत रहेको छ भने गणेश चौधरीले अरेन्ज गरेका छन्। भिडियोलाई उत्सव चौहानले खिचेका हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन्।

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published.