वसन्ती चौधरीले आफ्नै श्रीमान ओमकुमार चौधरीको गरे हत्या

बेलौरी नगरपालिका-६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमान्को हत्या गरेकी छन्। आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय आफ्ना श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको भन्ने बुझिएको बताए। ‘बिहान ५ बजे घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली पुगेको छ,’ उनले भने, ‘फरुवा प्रहार गर्ने वसन्तीलाई नियन्त्रणमा लिइएको छ। टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको छ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *