यज्ञवती बनिन् रानाथारु समुदायकै पहिलो मेडिकल डाक्टर

कैलालीकी यज्ञवती राना रानाथारु समुदायमै पहिलो मेडिकल डाक्टर बन्न सफल भएकी छन् ।धनगढी उपमहानगरपालिका वडा ८ की यज्ञवती राना समुदायकै पहिलो डाक्टर बन्न सफल भएकी हुन् ।

बंगलादेशको राजधानी ढाकास्थित कुमुदीनी महिला मेडिकल कलेजबाट एमवीवीएस कोर्स सकाएपछि उनी नामको अगाडि डा. थपी समुदायमै पहिलो डाक्टर बनेकी हुन् । २५ वर्षीया डा. रानाले धनगढीमा रहेको एरिष्टो स्कुलबाट आफ्नो पढाई सुरु गरेकी थिइन् ।

बेबिलोन नेशनल स्कुल काठमाडौबाट प्रथम श्रेणीमा एसएलसी उतिर्ण गरेकी उनले पेन्टागन इन्टरनेशनल कलेज काठमाडौंबाट प्लस टु पास गरेकी थिईन् ।

डा. राना प्रदेश नं. ७ का प्रदेशसभा सदस्य तथा राष्ट्रिय जनता पार्टी नेपालका, वरिष्ठ उपाध्यक्ष मालामती राना र किसान भज्जी रानाका सात सन्तान मध्ये चौथो सन्तान हुन् ।

सानैदेखी डाक्टर बन्ने सपना बुनेकी उनले पढाइ सकेर डाक्टर बनिसकेपछि अब नेपालमै बसेर बिरामीको सेवा गर्ने इच्छा रहेको बताएकी छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *