थारू पत्रकार संघको राष्ट्रिय भेला दाङमा हुने, पाँच सदस्यीय सचिवालय गठन

थारु पत्रकार संघ नेपालको राष्ट्रिय भेला दाङमा हुने भएको छ। नवलपरासीको अमलटारी होमस्टेमा भएको दुई दिने केन्द्रीय कार्यसमिति तथा भावी कार्ययोजना बैठकमा असोज महिनाभित्र दाङमा राष्ट्रिय भेला गर्ने निर्णय भएको हो।

संघका केन्द्रीय अध्यक्ष मदन चौधरीको अध्यक्षतामा बसेको बैठकले पाँच सदस्यीय सचिवालय समितिसमेत गठन गरेको छ। सचिवालयमा अध्यक्ष चौधरी, महासचिव किशोर चौधरी, कोषाध्यक्ष प्रतीमा चौधरी र केन्द्रीय सदस्यद्वय सहदेव चौधरी र बुनु थारु छन्।

बैठकले विभिन्न विभागसमेत गठन गरेको छ। संघका प्रवक्ता किशोर चौधरीका अनुसार छापा विभागमा सन्तोष दहित, रेडियो/टेलिभिजन विभागमा संजय चौधरी, अनलाइन विभागमा सहदेव चौधरी, महिला विभागमा उन्नती चौधरी, विदेश विभागमा सन्तकुमार चौधरी, संगठन विभागमा किशोर चौधरी र आर्थिक विभागमा प्रतीमा चौधरी छन्।

त्यस्तै बैठकमा केन्द्रीय कार्यसमितिका १७ जना पदाधिकारीसहित १४ जिल्लाका प्रतिनिधिहरु सहभागी थिए। बैठकले वर्षभरिको कार्ययोजनाबारे छलफल गरेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *