सवि चौधरीको अध्यक्षतामा ‘ख्याल बगाल’को तदर्थ समिति गठन

थारु युवायुवती हरुको भेला दाङको तुल्सीपुरस्थित रिपोर्टस क्लबमा भएको छ । सबि थारुको अध्यक्षता तथा रिपोर्ट्स क्लब प्रदेश पाँचका अध्यक्ष शरद रेग्मीको प्रमुख आतिथ्यमा आयोजित भेलामा वक्ताहरुले भाषा ,संस्कृति कला र परम्परा जोगाउन हरेक समुदायका युवायुवती हरुको काँधमा विशेष दायित्व रहेको बताए।

भेलाले भाषा ,संस्कृति सकारात्मक रीतिरिवाज संरक्षण सम्बर्द्धन गर्ने उद्देश्यका साथ सबि थारुको अध्यक्षतामा १३ सदस्यीय ‘ख्याल बगाल’ तदर्थ समिति गठन गरेको छ, जसको उपाध्यक्ष विष्णु कुसुम, सचlव प्रवीण चौधरी, कोषाध्यक्ष महेश चौधरी, सहसचिव तिर्थराज चौधरी, सदस्यहरु प्रमोद चौधरी, उर्मिला चौधरी, विष्णु चौधरी, उदिराम चौधरी, निता चौधरी, अन्जना चौधरी, सन्देश चौधरी र शिवहरी चौधरी छन्।

ख्याल बगालका सल्लाहकार हरु प्राध्यापकद्वय कनैलाल चौधरी, केबि चौधरी, साहित्यकार छबिलाल कोपिला, शिक्षक श्रीराम दहित, कानुनी सल्लाहकारमा अधिवक्ताद्वय रामशरण चौधरी र श्रीराम चौधरीलाई राखेको छ भने प्रेस संयोजकमा थारु पत्रकार संघ प्रदेश पाँचका संयोजक सन्तोष दहित तथा कार्यक्रम संयोजकमा लालु थारुलाई राख्ने निर्णय गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि रेग्मीले संस्कृति संरक्षण गर्नु भनेको मानव सभ्यताको संरक्षण र सम्बर्द्धन गर्नु हो नवगठित तर्दथ समितिले उद्देश्य बमोजिमको मार्ग पहिचान गर्न सकोस् भन्दै आफू र संस्थाको तर्फबाट आवश्यक सहयोग रहने बताए ।

नवगठित कार्यसमितिका अध्यक्ष सबि थारुले समाजलाई गतिशिल, सभ्य र समृद्ध बनाइराख्न ‘मै सभ्य बतु काजे की मै थारु हुइतु’ नारालाई साकार रूपदिन अग्रज बुद्धिजीबी पत्रकार सल्लाहकार हरुको सहयोग सल्लाह र उचित सुझावको सदैव अपेक्षित रहने बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *