अन्ततः राजपा बोल्यो- ‘सांसद रेशम चौधरीलाई पनि सपथ लिने व्यवस्था गर’

राष्ट्रिय जनता पार्टी, नेपालले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित पार्टीका सांसद रेशमलाल चौधरीलाई सपथ लिने व्यवस्था गर्न माग गरेको छ।पार्टीका नेता वृशेषचन्द्र लालले सांसद चौधरीलाई सपथ लिने र संघीय संसदको काम कार्वाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग गरेका हुन्।

आगामी आइतबार संघीय संसदमा निर्वाचित सदस्यहरूले सपथ लिँदैछन्। सोही विषयमा समेत छलफल गर्न संघीय संसद सचिवालयले बुधबार बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय जनता पार्टी, नेपालले सांसद चौधरीलाई सपथ लिने र संसदको कामकार्वाहीमा भाग लिन पाउने व्यवस्था गर्न माग गरेको हो।

जनताबाट निर्वाचित सांसद चौधरीलाई सपथ लिने र संसदको कामकारबाहीमा भाग लिने व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग गरिएको नेता लालले जानकारी दिए।

कैलालीको टीकापुर हत्याकाण्डको मुख्य योजनाकार मानिएका प्रतिनिधिसभाका सांसद चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएलगत्तै जिल्ला कारगार चलान गरिएको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालले आफ्ना सांसद चौधरीलाई सुरक्षाको उचित प्रबन्ध गरी सपथ गराउने व्यवस्था गर्न संघीय संसदसँग माग गरेको हो । सांसद चौधरीले पनि आफूलाई सपथ ग्रहण गराउने व्यवस्था गर्न माग गर्दै पार्टीमार्फत् संघीय संसद सचिवालयमा निवेदन दिइसकेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *