बारामा पिपरा गोल्डकपको दोस्रो संस्करण हुने, ‘चौधरी-११’ टोली पनि भिड्ने

नागेन्द्र चौधरी/बारा।
पिपरा गोल्डकपको दोस्रो संस्करण माघ ११ गतेदेखि बाराको करैयामाई गाउपालिका ७ पंचगछिया खेल मैदानमा सञ्चालन हुने भएको छ। बाराको सदरमुकाम कलैयास्थित रहेको थारु कल्याणकारिणी सभा हलमा आयोजक सिर्जनशिल युवा क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराए।

आयोजक क्लबका अनुसार प्रतियोगितामा भरतपुर फुटबल क्लब, विजययुथ क्लब, युनाइटेड क्लब, हिमकस्तुरी क्लब, एपिएफ क्लब, चन्द्रपुर–११, चौधरी–११, आर्मी क्लब, महोत्तरी–११ र आयोजक सिर्जनशिल युवा क्लब पिपरा बारा सहभागी हुने आयोजकले पत्रकार सम्मेलन गराए।

प्रतियोगिताको बिजेताले एक लाख ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपबिजेताले ७५ हजार पाउने आयोजक कल्बका अध्यक्ष वृजमोहन चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार नगदका साथै ट्रफी, मेडल र प्रमाण पत्र पाउने क्लबका सचिव ज्ञानेन्द्र प्रसाद दासले बताए।

प्रतियोगिताको अनुमानित बजेट ४८ लाख रहेको अध्यक्ष वृजमोहन चौधरीले बताए। पत्रकार सम्मेलनमा करैयामाई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर धामी , उपाध्यक्ष चित्र रेखा कुमारी चौधरी, नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष जंगवहादुर साह , सल्लाहकार श्रीराम साह , सदस्य केन्द्रीका चौधरी धामी लगायतले मन्तब्य ब्यक्त राखेका थिए।

पत्रकार सम्मेलनमा सिर्जनसिल युवा क्लवका सचिव ज्ञानेन्द्रप्रसाद दासले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष लालबहादुर चौधरीले गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *