रेशम चौधरीको खुलासा- ‘मलाई गृहमन्त्रीको गोली हान्ने आदेश थियो’ [भिडियो]

टीकापुर घटना भएको आज दुई वर्ष। अखण्ड पक्षधर र थरुहट पक्षधरबीच भएको घम्साघम्सीका कारण २०७० भदौ ७ गते टीकापुर घटना घटेको थियो। घटनामा एक बालकसहित ९ जनाको ज्यान गएको थियो। घटनाको भोलिपल्टै प्रहरी प्रशासनकै संलग्नातामा थारुहरुको घर, पसल, ब्यापारमा छानी छानी आगो लगाएको थारु अगुवाहरु बताउँछन्। टीकापुर घटनामा पक्राउ परेका २५ जना थारु अझै पनि अभियुक्त भई जेलजीवन बिताइरहेका छन्। थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीसहित मुख्य अभिययुक्त बनाइएका सयौंजना अर्धभूमिगत अवस्थामा छन्।

प्रहरीको वान्टेडमा रहेका फूलबारी रिसोर्टका मालिक रेशम चौधरीसँग थारुवानले यसै सम्बन्धमा कुराकानी गरेको छ। उनले तत्कालीन गृहमन्त्रीले आफूलाई गोली हान्ने आदेश दिएको खुलासा गरेका छन्। त्यस्तो आदेशपछि सबैले बाँच्का लागि भएपनि जानुस् भनेपछि म भाग्दै हिँडेको हुँ। ‘भदौ ७ को घटनापछि धेरैले गृहमन्त्रीको गोली ठोक्ने आदेश भएको बताए। तपाइँ बाँच्नका लागि भएपनि जानुपर्छ भनेर त्यतिबेला म भाग्दै हिँडेको हुँ,’ उनले थारुवानसँग भने।

२५ जना थारुलाई जेलमा बन्दी बनाएको सन्दर्भमा उनले भने, ‘एक दिन चितुवालाई खोरमा थुनेर चार लठ्ठी हिर्काउन सक्नुहुन्छ। अर्काको बलले नाथेको राँगोलाई बेस्सरी पिट्न सक्नुहुन्छ। थारुहरुलाई त्यही भएको हो। कुनै पनि थारुको मनमा यो न्यायपूर्ण नभएको थाहा छ। यत्रो थारुहरुको मनलाई रुवाएर राज्यले जबरजस्ती सुदूरपश्चिममा राख्न खोज्यो। जबरजस्ती थारुलाई पहाडी प्रदेशमा मिलाउन खोज्यो भने थारुहरुको असन्तुष्टि जुनबेला पनि पोखिन सक्छ। ५, १० वा १५ वर्ष किन नलागोस् एक दिन पोखिन्छ।’

भिडियो हर्नुस्




Leave a Reply

Your email address will not be published. Required fields are marked *