ट्रकको ठक्करबाट बुद्धिराज चौधरीको मृत्यु

मंगलबार साँझ साँढे ६ बजेतिर कोहलपुर चप्परगौडीमा ट्रकको ठक्कबाट एक वृद्धको मृत्यु भएको छ। कोहलपुरबाट पुर्वतर्फ जाँदै गरेको लु १ ख ८६०७ नम्बरको ट्रकले ठक्कर दिँदा कोहलपुर खड्गवारका ५० बर्षीय बुद्धिराज चौधरीको मृत्यु भएको हो।

साईकलमा सवार चौधरीलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमा मृत्यु भएको कोहलपुर प्रहीरीले जानकारी दिएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *