कैलाली फूलबारीका छविलाल चौधरीको कोरियामा मृत्यु

इपिएसमार्फत दक्षिण कोरियामा काम गर्न आएका दुई नेपाली कामदारको बंगुर फार्मको ट्यांकी सफा गर्नेक्रममा मृत्यु भएको छ । ख्यगंसान बुक्दोको थेगु सहरबाट करिब एक घण्टाको दूरीमा पर्ने एक बंगुर फार्ममा काम गर्दै आएका स्याङ्जा मनकामना मोर्दी १ निवासी तेजबहादुर गुरुङ र कैलाली फूलबारी २० का छविलाल चौधरीको निधन भएको सोल दूतावासका कार्यवाहक राजदूत किरण शाक्यले बताए ।

फर्ममा बंगुरको पिसाब जम्मा हुने भूमिगत ट्यांकी सफा गर्नेक्रममा अक्सिजन कमीका कारण दुवैजना बेहोस भएका थिए । बेहोस भएको केही समयपछि अन्य कामदारले देखेपछि अस्पताल लानेक्रममा मृत्यु भएको बताइएको छ । ट्यांकीमा अक्सिजनको कमी र विषालु ग्यास जम्मा हुने भएकाले उनीहरु निस्साएर बेहोस भई निधन भएको कोरियन सञ्चारमाध्यमले उल्लेख गरेका छन् । घटनाबारे प्रहरीले फार्म साहुलाई नियन्त्रणमा लिइ सोधपुछ गरेका छन् । मृतकहरुको शव नजिकैको आन्दोगं अस्पलातमा राखिएको छ ।

इपिएसमार्फत ३ वर्षअघि कोरिया आएका मृतक गुरुङ सोही फार्ममा कार्यरत ११ जना नेपाली कामदारका टिम क्याप्टेन थिए भने चौधरी २ महिनाअघि मात्र कोरिया आएका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *