यी हुन् एमाले कैलालीका थारु उम्मेदवारहरु

नेकपा (एमाले) कैलालीको शुक्रवार बसेको सचिवालय बैठकले कैलालीका १३ वटै तहका एक सय २६ वडाका उम्मेदवार तय गरको छ । जिल्ला अध्यक्ष दीर्घ सोडारीको र वैकल्पिक केन्द्रीय सदस्य तथा कैलाली इञ्चार्ज झपट रावलको नेतृत्वमा बसेको बैठकले उम्मेदवार टुंगो लगाएको हो ।
बैठकले धनगढी उपमहानगरपालिका, ६ वटा नगरपालिका र ६ वटा गाउँपालिका प्रमुख तथा उपप्रमुखको नाम प्रदेश सङ्गठन कमिटीलाई पठाएको छ । उपमहानगर र नगरपालिकामा विकल्प सहितका नाम पठाए पनि गाउँपालिकामा भने एक प्रमुख र उपप्रमुखको नाम मात्र पठाइएको छ । प्रदेश कमिटीले कैलालीका १२ सहित सात नम्बर प्रदेशमा ८७ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखको उम्मेदवारी माथि निर्णय गर्ने बताइएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम भने केन्द्रीय कमिटीलाई पठाउने छ । प्रदेश कमिटीको बैठक केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक भीम रावलको अध्यक्षतामा शनिवार धनगढीमा शुरु भएको छ ।

एमालेले टीकापुर नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा गंगाराम आचार्य, २ मा प्रकाशबहादुर बुढा, ३ मा रामबहादुर विश्वकर्मा, ४ मा जोखनलाल चौधरी, ५ मा धनबहादुर बोहरा, ६ मा चतुरप्रसाद खनाल, ७ मा नरेश्वर धमला, ८ मा मीनबहादुर कठायत र ९ मा धनिराम साउदको उम्मेदवारी पक्का गरेको छ ।

एमालेको जिल्ला कमिटिले जानकी गाउँपालिकाको अध्यक्षमा जगत चौधरी र उपाध्यक्षमा गंगा थापाको उम्मेदवारी तय गरेको छ । वडाध्यक्षमा वडा नम्बर १ मा डम्बरबहादुर चौधरी, २ मा मणिचन्द्र चौलागाईँ, ३ मा प्रदीपकुमार शाह, ४ वीरबहादुर चौधरी, ५ मा कालुराम चौधरी, ६ मा भोजबहादुर चौधरी, ७ उत्तम डगौरा थारु, ८ मा राजेन्द्रबहादुर थारु, ९ मा खकेन्द्र भण्डारीलाई उम्मेदवार बनाएको छ ।

एमालेले बर्दगोरिया गाउपालिकाको अध्यक्षममा कर्णबहादुर कुँवर र उपाध्यक्षमा सावित्री सापकोटा, जोशीपुर गाउँपालिकाको अध्यक्षमा पे्रमलाल चौधरी र उपाध्यक्षमा गोमा आचार्य, कैलारी गाउँपालिका प्रमुखमा रामप्रसाद चौधरी र उपाध्यक्षमा झुमा चौधरी, मोहन्याल गाउँपालिका प्रमुखमा नवलसिंह रावल र उपाध्यक्षमा पूजा बुढा, चुरे गाउपालिका प्रमुखमा धनबहादुर रोक्कामगर र उपाध्यक्षमा दीपकदेवी साउदलाई उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *