खिचरा महोत्सव आजदेखि, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उदघाटन गर्ने

 

कारी महतो,खैरहनी।

पुस २८ देखि माघ ५ सम्म हुने चौथो खिचरा महोत्सव २०७३ को तयारी लगभग पुरा भएको छ। पूर्व अर्थमन्त्री प्रमुख अतिथिको रुपमा उपस्थित भई समुदघाटन गर्ने आयोजक समितिले जनाएका छन्। भोलि २८ गतेका दिन बिहान ११ बजे चौबिस कोठीको बाबा पेट्रोल पम्पबाट बृहत झाँकी सहितको शोभायात्रा शुरु भई महोत्सव स्थलसम्म पुग्ने जनाइएको छ। शोभायात्रामा आउने सहभागीका लागि टिकट नलाग्ने आयोजकले जनाएका छन्।

महोत्सवको प्रवेश टिकट शुल्क रु ४० र विद्यार्थीका लागि रु २० कायम गरिएको छ भने गेट पासको व्यवस्था पूर्ण रुपमा निशेष गरिएको छ। मूल आयोजक समितिमा रहनेहरुले समेत टिकट काट्नु पर्ने आयोजक समितिले जनाएको छ।

महोत्सवमा थारु परिकारहरु जस्तै चिचर, घोङ्घी, माछा, हाँसको मासु, नकगर रोटी लगायतको परिकारका स्टलहरु रहनुका साथै थारु समुदायका लोपोन्मुख सामग्रीहरु, कृषि परिसर र बाल उद्यान मुख्य आकर्षण रहने जनाइएको छ। महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय गायक कलाकार र थारु लगायत जातजातिका साँस्कृतिक नृत्य प्रस्तुत गरिने छ।

महोत्सवको सुरक्षाको लागि खैरहनी इलाका प्रहरी कार्यालयले पुलिस हेल्प डेस्क सञ्चालन गर्ने कुरा इन्स्पेक्टर घजिन्द्र बहादुर कार्कीले जनाउनु भयो। त्यसका साथै आयोजकले आन्तरिक सुरक्षाको पनि व्यवस्था गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *