नेपाल्स स्टार मोडलमा सबनम चौधरी भइन् फस्ट रनरअप

गत शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘नेपाल्स स्टार मोडल २०१६’ को उपाधि आशिष कुमार मिश्र र अप्सरा थापाले जितेका छन्। सिद्धि मिडिया प्रा.लि.को आयोजनामा संचालन भएको सो मोडल प्रतिस्पर्धामा आशिषले वेष्ट वाक र मस्ट ह्यान्डसम विधाको अवार्ड पनि जित्न सफल भए भने अप्सरा वेष्ट वाक र फोटोजेनिक विधाको विजेता पनि बनिन्।

सो प्रतिस्पर्धामा सबनम चौधरी मस्ट पपुलर तथा मस्ट ट्यालेन्टेड विधाको विजेतासँगै फस्ट रनर अप भइन् भने वेष्ट हेयर अवार्डसहित अनुपमा घिमिरे सेकेन्ड रनर अप विजेता छनौट भइन्। युवक तर्फ मस्ट पपुलर विधाको अवार्ड सहित विक्रान्त पौडेल फस्ट रनर अप तथा वेष्ट ड्रेसको अवार्ड सहित पवन श्रेष्ठ सेकेन्ड रनर अप विजेता निक्र्यौल गरिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *