जापानमा थारु पहिरणको सबैले तारिफ गरे : वर्षा लेखी

नेपालको प्रतिनिधित्व गर्दै थारु समुदायकी चेली वर्षा लेखी मिस इन्टरनेशनलमा सहभागी हुन जापान गएकी थिइन्। ६९ देशका सुन्दरीहरु र जापानको विभिन्न सहर र त्यहाँको संस्कृतिसँग उनले १८ दिन बिताइन्। उनले त्यहाँको अनुभव थारुवानसँग यसरी बाँडिन्।
नेपालको प्रतिनिधित्व गर्दै ६९ वटा राष्ट्रका प्रतिस्पर्धीहरुबीच आफ्नो देशलाई चिनाउनु बेग्लै अनुभूति र गौरव महसुस भयो। आयोजकले सुरुकै दिनदेखि हामीलाई एक जना स्यहार गर्ने महिला उपलब्ध गराएकी थिइन्। उहाँले हामी ८ जना प्रतिस्पर्धीलाई केयर राम्रो ख्याल गर्नुभयो।

प्रतिस्पर्धाका दौरान जापानका धेरै ठाउँ घुम्न गयौं। जसले मैले जापानलाई नजिकबाट नियाल्ने अवसर पाएँ। त्यहाँको परिकार, त्यहाँको राष्ट्रिय पोसाक, त्यहाँको संस्कृति, त्यहाँका जनताले स्वागत गर्ने तरिका एकदमै राम्रो थियो। मैले संसार नै त्यहीँ अनुभूत गरिरहेको थिएँ। मैले आफ्नो संस्कृति त्यहाँ उपस्थित सबै देशका प्रतिस्पर्धीहरुसँग साट्ने अवसर पाएँ।

त्यहाँको स्वच्छ वातावरण देखेर म चकित परेको थिएँ। विश्वकै सुन्दर सहर टोकियो र पूरा जापानमा फोहोर व्यस्थापन मजाले गरेको भेटेँ। कहीँ कतै धुँवा धुलोसँग साक्षत्कार गर्न परेन।

सहभागी ६९ प्रतिस्पर्धीमध्ये केहीले त्यहाँको राष्ट्रिय पोसाक ‘किमोनो’ लगाउने अवसर पाएको थिएँ। जसमध्येको एक म पनि हुँ। हामीलाई हरेक दिन आश्चर्य  पार्ने कार्यक्रमहरुमा सहभागी गराइन्थ्यो। क्रियाकलाप गराइन्थ्यो। ती सब अहिले पनि मनस्पटल घुमिरहन्छ। मैले पहिलोपटक त्यहीँ समुन्› हेर्ने अवसर जुराएँ। समुन्›को बीचबाट पानी जहाज कुदिरहँदा म भने एकाग्र भएर त्यो निलो पानीमा हराएँ। पानीजहाज रफतारले कुदिरहँदा त्यहाँको चिसो हावाले मेरो कपाल उडाएको अझै मनस्पटलमा याद आउँछ।

मिस इन्टरनेशनलको स्टेजमा भने मैले नेपाली झ्याउरे नृत्य प्रस्तुत गरेँ। जसलाई मैले उपलब्धी मानेको छु। जब मैले मेरो थारु पहिरण पहिरिएँ, सहभागी दर्शकले गरगहनाको तारिफ गरे। मेरो पहिरणले पनि आम प्रतिस्पर्धीको ध्यानाकर्षण गराएको थियो।

मिस इन्टरनेशनल एउटा प्रतिस्पर्धा हो। जहाँबाट मैले धेरै कुर सिक्ने अवसर पाएँ। मैले धेरै राम्रो साथी बनाएकी छु। जोसँग अहिले पनि सम्पर्कमा छु। मैले पाठ सिकेरमात्र घर फर्किन। त्यस्ता धेरै सम्बन्धहरु गाँसेर आएँ, जुन जीवनको अन्तिम क्षणसम्म रहिरहन्छ।

यो प्रतिस्पर्धाले मलाई के कुराको आत्मविश्वास दिलायो भने मेरा बाटामा आइपर्ने जस्तोसुकै अफठेरालाई पनि सामना गर्न सक्छु। यो प्रतिस्पर्धाले मैले विश्वब्यापीकरणको महत्व, संस्कृतिप्रतिको संवेदनशिलता, आफूबाट हुने गल्ती कमजोरीलाई तागतमा रुपान्तरण गनेसक्ने अठोट र साथीहरुबाट मिल्ने हौसलाले जीवनमा पार्ने प्रभावबारे पाठ सिकेँ।

जापनको मेरो १८ दिने बसाईले जीवनभरि पाइने अनुभव हासिल गरेँ। यो सुन्दरी प्रतियोगिताले मलाई जीवनको उपयोगी पाठहरु सिकायो। यसबीच मलाई सहयोग गर्ने साथीसंगी, स्पोन्सर र फ्यानहरुलाई विशेषतः धन्यवाद दिन चाहन्छु।




Leave a Reply

Your email address will not be published. Required fields are marked *