एसिया कप खेल्न चाहनेहरुलाई यु-१९ क्रिकेटर बन्ने अवसर

आसन्न एसिया कपका लागि नेपाली यू-१९ क्रिकेट टोली बनाउन ‘ट्यालेन्ट हन्ट कार्यक्रम’ सञ्चालन गरिने भएको छ । आगामी डिसेम्बर ८ देखि श्रीलंकामा हुने प्रतियोगितामा नेपालसहित ८ देशले खेल्नेछन् । तर, नेपालको भने अझैसम्म टिम समेत बनेको छैन । यसअघिको यू-१९ टोलीका अधिकांश सदस्य उमेरका कारण खेल्न पाउने छैनन् भने खेलाडी छनौटका लागि क्षेत्रीय प्रतियोगिता गर्न समय छैन ।

त्यसलाई मध्यनगर गर्दै क्रिकेट संघले ‘ट्यालेन्ट हन्ट कार्यक्रम’ अघि सारेको छ । यसमा क्षेत्रीय क्रिकेट समितिमा रहेका खेलाडीहरुले आफ्नो प्रतिभा देखाउन पाउने छन् ।

कार्यक्रमका लागि ६ स्थान तोकिएको छ । विराटनगर, वीरगञ्ज र जनकपुर, काठमाडौं, भैरहवा र पोखरा, नेपालगञ्ज तथा धनगढी र बैतडी तोकिएको छ । क्रिकेट संघका अनुसार क्षमतावान खेलाडीहरुले यसमा सहभागी हुन पाउनेछन् र यू-१९ टोलीमा सहभागी हुन सक्नेछन् ।

कार्यक्रममा सहभागी हुन २०५५ भदौ १६ वा सो भन्दा पछाडि जन्मिएको हुु पर्नेछ । ‘ट्यालेन्ट हन्ट कार्यक्रम’बाट पहिलो चरणमा ४४ खेलाडी छनौट गरिनेछ र नोभेम्बर २४ बाट कामाडौंमा बन्द प्रशिक्षण सुरु हुनेछ ।

खेलाडी छनौटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा, यू-१९ का प्रशिक्षक विनोद दास र राष्ट्रिय टिमका टेक्निकल एनालिस्ट रमन शिवाकोटीको छिम बनाइएको छ ।

यसअघि नै यू १९ टोलीको बन्द प्रशिक्षणमा रहेका र उमेर हद ननाघेका खेलाडीहरुले भने यो कार्यक्रममा सहभागी भइरहनु पर्दैन ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *