खुला पुरुष बक्सिङको ५२ केजीमा करण चौधरी पहिलो

खुला पुरुष बक्सिङ प्रतियोगितामा पुरुषतर्फ ५२ केजी तौल समूहमा सेनाका करण चौधरी पहिलो भएका छन् । उपाधि भिडन्तमा उनले सेनाकै सुदीप श्रेष्ठलाई पाखा लगाए। ५६ केजीमा नक्सालका गणेश थापाले स्वर्ण हात पारे ।

उनले फाइनलमा सेनाका मुनाल पुन मगरमाथि सहज जित हात पारे । यसैगरी, ६० केजीमा नक्सालका युवराज कार्की च्याम्पियन बनेका छन् । उनले फाइनलमा नक्सालकै किशोर शर्मालाई पन्छाए । ६४ केजीमा आर्मीका मोहन ठकुरीले फाइनलमा ललितपुरका अनोज भण्डारीलाई निराश पार्दै स्वर्ण जिते ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *