लेखी नेतृत्वकाे नागरिक समाजवादी पार्टी झापादेखि कञ्चनपुरसम्म विस्तार

राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीले पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका जिल्लामा पार्टी विस्तार गरेको छ। लेखी नेतृत्वको टोलीले केही जिल्लाबाहेक तराई २२ वटै जिल्लामा जिल्ला, नगर र गाउँ समिति गठन गरेको छ । हालै सम्पन्न भेलाले कैलालीमा दीपा चौधरीको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन भयो । त्यस्तै दाङमा मनिराम चौधरी नेतृत्वमा २९ सदस्यीय कार्यसमिति गठन भयो ।

त्यस्तै आज कञ्चनपुर माया चौधरीको नेतृत्वमा ४३ सदस्यीय कार्यसमिति गठन भयो । ‘हामीले दुई साताको अयिभानमा तराईका जिल्लामा पार्टीको जिल्ला, नगर र गाउँ समिति गठन गर्याैं,’ पार्टीका संयोजक लेखीले भने, ‘बाँकी रहेका केही जिल्लामा छिट्टै कार्यसमिति गठन हुन्छ ।’ उनले विद्यार्थी संगठनको विस्तार पनि क्रमिकरुपले गर्दै जाने बताए।

उनले त्यसपछि संविधानमा भएको हरेक किसिमका विभेदको गाउँ, नगर र जिल्ला स्तरबाटै भण्डाफोर अभियानमा लाग्ने बताए । ‘हामीले संविधानमा भएको विभेदका निम्ति भण्डाफोर अभियानमा जुट्छौं,’ उनले भने ।

उनले जेठ १५ र १६ गते हुने पार्टीको राष्ट्रिय भेला हाललाई स्थगित भएको बताए । थरुहट÷थारुवान संयुक्त संघर्ष समितिको राष्ट्रिय भेला भएकाले पार्टीको राष्ट्रिय भेला हाललाई स्थगित गरिएको बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *