Bhanuram Tharu

थरुहट तराई पार्टी नेपालका केन्द्रीय अध्यक्ष भानुराम थारूले थरुहट आन्दोलनलाई राष्ट्रियकरण गर्न पहलमानपुरमा आज बृहत आमसभा गर्न लागेको बताएका छन् ।

थरुहट/थारुवान संयूक्त संघर्ष समिति कैलालीद्वारा धनगढीमा आयोजना गरको पत्रकार सम्मेलनमा नेता थारूले सो कुरा बताएका हुन् । थरुहट/थारुवान संयूक्त संघर्ष समिति, आदिवासी जनजाती महासंघ, राना थारु संयूक्त संघर्ष समिति लगायतको संयूक्त आयोजनामा आमसभा हुन लागेको हो ।

त्यस्तै नेता थारूले आमसभा मार्फत आन्दोलनको स्वरुप परिवर्तन हुने जनाउँदै संविधानमा थारुका छुटेका मागलाई अघि सार्न विरोध सभाको आयोजना गरिरहेको बताए । उनले विरोध सभालाई सम्बोधन गर्न आदिवासी जनजाती महासंघकी केन्द्रिय अध्यक्ष पदमारत्न तुलाधर, डा. ओम गुरुङ, पासङ्ग सेर्पा लगायतलाई निमन्त्रणा गरेको जानकारी दिए ।

सम्मेलनमा बोल्दै अध्यक्ष थारुले राजनीतिक मुद्धालाई राजनीतिबाटै समाधान गर्नुपर्ने बताउँदै उनले अहिलेको सरकारले राजनीतिक मुद्धालाई दबाउन बल प्रयोग गरिरहेको बताए । उनले पुष्पकमल दाहाल नेतृत्वको पार्टी एमाओवादीले थारुहरुको अधिकारको लागि लिएको लडाई भुलीसकेको बताउँदै थारु लगायत समग्र उत्पीडन वर्गका लागि प्रचण्डले १० वर्षे जनयुद्ध गरे तर, सत्तामा गईसकेपछि उनले १६ बुँदे सम्झौतामा हष्ताक्षर गरे लग्त्तै उनले उत्पीडनको अधिकारको लडाई भुलिसकेका हुन् । अध्यक्ष थारुले बुधबार सरकारले दिएको अभिव्यक्तीको आलोचना गर्दै भने बुधबार सरकारले आजदेखि तस्करीको अन्त्य भयो भन्नु भनेको त सरकार नै कालोबजारीमा संलग्न रहेछ भन्ने देखायो । सरकारले यस्तो अभिव्यक्ती पनि दिन पाउँछ अध्यक्ष थारुले प्रश्न गरे ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *